
आज २०७४ साल मंसिर १४ गते बिहिवार,
तदअनुसार नोभेम्बर ३०, २०१७
तपाइको आज
मेष : पढाइ लेखाइमा प्रगति हुनेछ। धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । मुद्धा मामिलामा विजय प्राप्त हुनेछ ।
बृष : शत्रुहरूलाई तह लगाउन सकिनेछ। बित्तिय संस्था बाट सहयोग पाईनेछ । साँझमा पैशा खर्च हुने योग छ ।
मिथुन : योजनाहरु सफल हुनेछन। प्रेममा मधुरता छाउला । रोकिएको धन हात पर्ला । सन्तान सुख मिल्नेछ ।
कर्कट : बैदेशिक क्षेत्र बाट सफलता मिल्नेछ । धार्मिक यात्राको योगछ । प्रेमीको सहयोग पाईनेछ । स्वादिष्ट भोजन पाईनेछ ।
सिंह : लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको दिन छ । वस्त्र लाभ हुनेछ । कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ ।
कन्या : राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ । धर्म,कर्ममा रुचि, शुभ समाचार सुन्न पाइएला । मन प्रफुल्ल रहला ।
तुला : प्रतिस्पर्धा र चुनौती सामना गर्नपर्ला । मनमा निरासा र शरीरमा आलस्य आउला । पारिवारिक समस्या आउनेछ ।
वृश्चिक : महत्वाकांक्षी योजना सफलता मिल्नेछ । धर्म,कर्म तथा समाजसेवामा मनलाग्नेछ । शुभारम्भको चर्चा चल्नेछ ।
धनु : अधिकार प्रातिका लागि संघर्श गर्नु पर्ला । पारिवारिक समस्या आउला । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ ।
मकर : पैतृकसम्पत्तिमा विवाद बढ्नेछ । व्यवसायमा मन्दी आउला । कामहरु अधुरै रहलान् । चेटपटक लाग्न सक्नेछ ।
कुम्भ : विगतका कमजोरीलाई सुधार गर्न मौका छ । राजननितक कार्यमा सफलता मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनछ ।
मीन : अरुलाई प्रभावित पारेर काम बन्नेछ । शुभ समाचार सुन्नमा आउला । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला ।
– ज्यो.प. नारायणप्रसाद दुलाल










