
आज २०७४ साल मंसिर १२ गते मंगलवार,
तदअनुसार नोभेम्बर २८, २०१७
– ज्यो.पं. नारायणप्रसाद दुलाल
तपाइको आज
मेष : शुभारम्भको चर्चा चल्नेछ । बौद्धिकताको विकास हुनेछ । मनोरञ्जनमा सहभागीता भइएला ।
बृष : महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । पार्टनरमा सफलता मिल्नेछ ।
मिथुन : नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ ।
कर्कट : ठूलो उपलब्धि हातपार्न नसकिएला । निराशाभाव बढ्नुका साथै प्रयत्न गरेको काममा बिलम्ब हुनाले दिक्क लाग्नेछ ।
सिंह : महिला वर्ग बाट विशेष सहयोग मिल्नेछ । घरमा अतिथीको आगमन हुनेछ । सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ ।
कन्या : स्वादिष्ट भोजन पाईनेछ । राम्रो-नराम्रो दुबैखाले समाचार सुन्न पाउनु हुनेछ । कुविचारमा मन जानसक्छ ।
तुला : कार्य सम्पादनमा सहजता मिल्नेछ । महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । लाभदायक यात्रा होला ।
वृश्चिक : राजनैतिक कार्यमा सफलता मिल्नेछ । अलंकारको प्राप्ति हुनेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ ।
धनु : कार्य क्षेत्रमा सफलता पाईनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । दिनको उत्तरार्ध सुखद रहनेछ ।
मकर : परिवारको समस्याले सताउनेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ । सानो तिना समस्यामा अल्झिनुपर्नेछ ।
कुम्भ : व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्घ हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ ।
मीन : सौन्दर्यतामा धन खर्च हुनेछ । नजिकका व्यक्तिबाट काममा बाधा आउला । बन्न लागेको काम विग्रिनेछ ।










