
आज २०७४ मंसिर ११ गते सोमवारको राशिफल
आज २०७४ साल मंसिर ११ गते सोमवार,
तदअनुसार नोभेम्बर २७, २०१७
तपाइको आज
मेष : लाभ, हानी, सुख, दुख वरावरी मध्यम खालको दिन छ । परोपकारमा रुचि बढ्नेछ । वस्त्र लाभ हुनेछ ।
बृष : आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर मिल्नेछ । धनार्जनका स्रोतहरु पत्ता लाग्नेछन् । बित्तिय संस्था बाट सहयोग पाईनेछ ।
मिथुन : अभिभावकबाट प्राप्त सुझावले अधुरा कार्य पूरा गर्न सहयोग मिल्नेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।
कर्कट : आर्थिक कारोवारमा मन्दी आउनेछ । मनमा दुविधा उत्पन्न हुने छ । अधिकार प्रातिका लागि संघर्श गर्नु पर्ला ।
सिंह : कला र गलाको प्रभाव बढ्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । बैदेशिक क्षेत्रको काम अघी बढ्नेछ ।
कन्या : अनावश्यक खर्चमा कमि आउला । कार्यमा सफलता पाईनेछ । सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ ।
तुला : बोलीमा विचार नपुर्याउनाले मनमा अशान्ति रहला । चोटपटकको भयछ । सरकारी निकाएको भय रहला ।
वृश्चिक : धार्मिक कार्यमा रुची आउंदा तिर्थयात्राको अवसर प्राप्त हुनेछ । महिला वर्ग बाट विशेष सहयमेग मिल्नेछ ।
धनु : मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ । राजननितक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत वढ्नेछ ।
मकर : साना तिना समस्यामा अल्झिनुपर्नेछ । मनमा अविश्वाश उत्पन्न हुनेछ । प्रेममा मनमुटाव आउला ।
कुम्भ : राजनीतिक कार्यमा ख्याती कमाउने योग छ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । विशिष्ठ व्यक्तिको साथ पाईनेछ ।
मीन : भाग्यशक्ति कमजोर हुनाले चिताएको कार्यमा सोचे जस्तो सफलता नमिल्ला । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला ।
– ज्यो.प. नारायणप्रसाद दुलाल









