
बागलुङ, ११ मंसिर
बागलुङको बानपा १२ अमलाचौरमा कांग्रेस कार्यकर्ताको आक्रमणबाट एमाले कार्यकर्ता गम्भिर घाइते भएका छन् ।
मतदान सकिए पछि नेपाली कांग्रेसका स्थानीय कार्यकर्ता गोपाल पौडल र श्याम नेपालीको नेतृत्वमा भएको आक्रमणबाट एमालेको स्थानीय कार्यकर्ता राजु शाही घाइते हुनुभएको हो ।
शाहीको टाउकोमा ढुङ्गा प्रहारबाट गहिरो चोट लागेको छ । शाहिको धौलागिरी अञ्चल अस्प्ताल बागलुङमा सामान्य उपचार पछि थप उपचार गर्न पोखराको मणिपाल अस्पताल लगिएको प्रहरीले जनाएको छ । आक्रमणमा सम्लग्नलाई तत्काल पक्राउ गरि कारवाहीको दायरामा ल्याउन नेकपा एमाले सहितका बाम गठवन्धनले माग गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक बिश्वराज सिहं थापाले घटनामा सम्लग्नलाई कारवाहीको दायरामा ल्याउनका लागि तत्काल निर्देशन दिएको बताउनुभयो ।








