मंसिर २ गते देखि ८ गतेसम्मको साप्ताहिक राशिफल

आज २०७४ साल मंसिर २ गते शनिवार,
तदअनुसार नोभेम्बर १८, २०१७
(साप्ताहिक राशिफल मंसिर २ गते देखि ८ गतेसम्म)
मेष:
साना तिना समस्यामा अल्झिनुपर्नेछ । सरकारी निकाएको भय रहला । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । पारिवारिक समस्या आइपर्ला । मध्य साता बाट धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । बैदेशिक कार्य अघि बढ्नेछ । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको दर्शनगरी आरम्भ गर्दा लाभ मिल्नेछ । यो साताका लागि शुभअङ्क ४,७ र शुभ रङ्ग घिउरङ्ग हो ।
वृष:
व्यापार व्यवसायमा सफलता मिल्नेछ । श्रमको उचित मुल्याङन हुनेछ । मिहिनेत गर्दा राम्रै अवसर पाइनेछ । महिला वा मित्र बाट सहयोग मिल्नेछ । बुधवार बाट महत्वपूर्ण अवसर गुम्न सक्नेछ । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आरधना गरी यात्रा गर्नाले सफलता मिल्नेछ । यो साताका लागि शुभअङ्क ७,८ र शुभरङ्ग पहेंलो वा कलेजी हो ।
मिथुन:
अनावश्यक ठाउँमा धन खर्च होला । कार्य सम्पादनमा समस्या आउला । सामान हराउने वा चोरी हुने भयछ । मध्य साता बाट चिताएको कामले तीव्रता लिनेछ । बहुमुल्य वस्तु हात पर्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । कुनै शुभकर्म गर्नु पूर्व महाँकालको स्मरण गरी यात्रा आरम्भ गर्दा सफलता प्राप्त हुनेछ । यो साताका लागि शुभअङ्क २,६ र शुभरङ्ग हरियो हो ।
कर्कट:
दाम्पत्य जीवन सुखमय हुनेछ । परिवारमा सुख सन्तोष छाउनेछ । नयाँ कार्यको थालनी हुनेछ । साताको अन्त्य बाट प्रेममा बाधाका साथै मन कमजोर रहला । बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्नेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि दुर्गाजीको दर्शनगरी आरम्भ गर्दा सफलता हात पर्नेछ । यो साताका लागि शुभअङ्क १,९ र शुभ रङ्ग रातो वा पहेंलो हो ।
सिंह:
प्रतिकूल समयले घेरेको छ, संयम रहनु होला । मनमा दुविधा उत्पन्न हुनेछ । घर परिवारको समस्याले सताउनेछ । पारिवारिक उल्झनमा परि आँटेको काम विग्रनेछ । मध्य साता बाट शुभकार्यको चर्चा चल्नेछ । घर ,जग्गा खरिद तथा बिक्रिको योग छ । कुनै शुभकर्म गर्नु पूर्व महादेवको आरधना गरी आरम्भ गर्दा लाभ हुनेछ । यो साताका लागि शुभअङ्क १,४ र शुभरङ्ग रातो हो ।
कन्या:
बित्तिय संस्था बाट सहयोग पाईनेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । बैदेशिक क्षेत्र बाट सफलता मिल्नेछ । आदर्श ब्यक्ति सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ । कुनै शुभकर्म गर्नु पूर्व सूर्यको दर्शनगरी यात्रा आरम्भ गर्दा सफलता प्राप्त हुनेछ । यो साताका लागि शुभअङ्क ३,६ र शुभरङ्गे हरियो वा सेता हो ।
तुला:
प्रेममा मधुरता छाउनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह रहला । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । बुधवार बाट मनमा निरासा र शरीरमा आलस्य आउला । स्वास्थ्यमा तथा सौन्दर्यतामा धन खर्च हुनेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवको दर्शन गर्नाले सफलता हात पर्नेछ । यो साताका लागि शुभअङ्क ५,६ र शुभरङ्ग सुन्तला हो ।
वृश्चिक:
सांगितीक क्षेत्रमा रुची बढ्नेछ । सफल यात्राको योग छ । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा होला । भौतिक साधन जुटाउने समय छ । कुनै शुभकर्म गर्नु पूर्व बगलामुखीको दर्शन गरी आरम्भ गर्दा अत्यन्त लाभ प्राप्त हुनेछ । यो साताका लागि शुभअङ्क ४,७ र शुभरङ्ग गुलाबी हो ।
धनु:
धार्मिक तथा समाजसेवामा मनलाग्नेछ । सांगितीक क्षेत्रमा रुची बढ्नेछ । श्रमदान गर्ने अवसर मिल्नेछ । मध्य साता बाट अरुको भर पर्दा धोका पाइने, हानि हुने र विश्वास गुम्ने सम्भावनाछ । स्वास्थ्यमा खर्च बढ्नेछ । कुनै शुभकर्म गर्नु पूर्व महामृत्युञ्जय भगवानको दर्शन गरी कार्य आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । यो साताका लागि शुभअङ्क ५,६ र शुभरङ्ग आकासे नीलो हो ।
मकर:
सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । वाक्चतु¥र्याईँले सङ्कल्प सिद्घ हुनेछ । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । भौतिक सुख मिल्नेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शनगरी आरम्भ गर्दा लाभ मिल्नेछ । यो साताका लागि शुभअङ्क ५,९ र शुभरङ्ग रातो हो ।
कुम्भ:
व्यापार व्यवसायमा वाधा आउनेछ । स्वास्थ्यमा समस्या आउनेछ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । मध्य साता बाट साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । विद्या र बुद्धिके विकास हुनेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि सिद्धि विनायकको ध्यान गरी आरम्भ गर्दा अत्यन्त लाभ प्राप्त हुनेछ । यो साताका लागि शुभअङ्क ३,८ र शुभरङ्ग नीलो वा हरियो हो ।
मीन:
मानसिक चिन्त बढेपनि कार्य क्षेत्रमा प्रगती हुनेछ । महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । बैदेशिक क्षेत्र बाट सफलता मिल्नेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि नवग्रहको स्मरण गर्नाले सफलता हात पर्नेछ । यो साताका लागि शुभअङ्क ४,७ र शुभरङ्ग सेतो वा हरियो हो ।
– ज्यो. पं. नारायण प्रसाद दुलाल