
आज २०७४ साल मंसिर १ गते शुक्रवार,
तदअनुसार नोभेम्बर १७, २०१७
तपाइको आज
मेष: अध्ययन अध्यापनमा प्रगति हुनेछ । साथीभाईको सहयोगमा विशेष काम सफल हुनेछ । रमाइलो भेटघाट हुने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नेछ ।
वृष: नयाँ काम र जिम्मेवारी मिल्ने समय छ । धार्मिक, सामाजिक तथा परोपकारजन्य क्रियाकलापमा मन जानेछ । राजनीति र नोकरीमा पदोन्नति हुनेछ ।
मिथुन: स्थितिमा केही सुधार आउनेछ । नयाँ जिम्मेवारी पाइनेछ । धार्मिक काममा रुचि जाग्नेछ । मानसम्मान बढ्नेछ भने प्रशंसा पनि मिल्नेछ ।
कर्कट: महत्वपूर्ण कामले अरूको मन जित्न सकिनेछ । प्रशंसकहरूले पनि चर्चा गर्नेछन । आफ्नो अधिकार र प्रतिष्ठा जोगाउन गोपनीयतामा ध्यान पुर्याउनुहोला ।
सिंह: सहयोगीहरू जुट्नाले रोकिएका काम बन्न थाल्नेछन । समाजसेवा र परोपकार जस्ता प्रतिष्ठा बढ्ने काम सफल हुनेछ । मन खुसि रहनेछ ।
कन्या: सुखदुखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन । विशिष्ट व्यक्तित्वसँग भेटघाट गर्ने अवसर जुट्नेछ । लगनशीलताले दाम, इनाम एवं प्रतिष्ठा दिलाउनेछ ।
तुला: अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । व्यवसायबाट सोचेको लाभ मिल्नेछ । सामाजिक मानसम्मान र प्रतिष्ठा कमाउने बेला छ ।
वृश्चिक: ब्यापार व्यवसायबाट सोचेको लाभ मिल्नेछ । पढाई लेखाइमा प्रगति हुनेछ । प्रतिनिधिमूलक यात्रा सम्भावना छ । पुराना साथीभाइसँग भेटघाट गर्ने मौका छ ।
धनु: रमाइलो भ्रमण सम्भावना देखिन्छ । नयाँ काम गर्ने मौका छ । आफ्नो क्षेत्रको नेतृत्व गर्दै यात्रा गर्ने मौका मिल्नेछ । आयआर्जनमा सुधार आउनेछ ।
मकर: यात्रा गर्ने अवसर जुट्नुका साथै आतिथ्यपूर्ण सम्मान पाइने समय छ । प्रियजनसँग भेटघाट गर्ने मौका मिल्नेछ । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ ।
कुम्भ: प्रयास गर्दा प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ । सोचेको आटेको काममा सफलता मिल्नेछ । रमाइलो यात्रा गर्ने मौका मिल्नेछ ।
मीन: अप्ठ्यारा चुनौतीहरूलाई समेत पन्छाउन सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । व्यवसायमूलक भ्रमण गर्ने समय छ ।










