आज २०७४ कार्तिक २९ गते बुधवारको राशिफल

आज २०७४ साल कार्तिक २९ गते बुधवार,
तदअनुसार नोभेम्बर १५, २०१७
तपाइको आज
मेष: बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई बिस्तारै सुधार गर्न सकिनेछ । महत्वाकांक्षी योजना पनि बिस्तारै फलदायी हुनेछन ।
वृष: रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ ।
मिथुन: सामाजिक मानसम्मान बढ्नेछ । बोलीको भरमा काम सम्पादन हुने योग छ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन ।
कर्कट: पढाई लेखाइमा प्रगति हुनेछ । विशेष सभा समारोहमा सहभागी बन्ने मौका छ । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ ।
सिंह: नयाँ रचनात्मक काम सुरु गर्ने समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइनेछ । विगतका कमजोरीलाई पनि सुधार गर्ने मौका छ ।
कन्या: अध्ययन अध्यापनमा सफलता मिल्नेछ । ब्यापार ब्यबसायबाट लाभ मिल्नेछ । बनिसकेको कामबाट हात झिक्नुपर्ने स्थिति आउन सक्छ ।
तुला: ब्यापार ब्यबसायबाट सामान्य लाभ मिल्नेछ । विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन ।
वृश्चिक: गरिएका कामको उचित प्रतिफल पाइनेछ । आर्थिक काम कारोबारबाट प्रशस्त धन आर्जन हुने समय छ । साथीभाईसंग रमाइलोमा समय बित्नेछ ।
धनु: सहयोगीहरूले काममा साथ दिनेछन । राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सफल हुनेछन ।
मकर: नयाँ कामको प्रस्ताव आउनेछ । तपाईंलाई अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन । मनग्य धन आर्जन होला । विछोडिएका परिवारसँग भेटघाट हुनेछ ।
कुम्भ: काममा लगानी बढाउने समय छ । प्रयत्न गर्दा लामो यात्रा हुन सक्छ । वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ । घरखर्चको मात्रा बढ्नेछ ।
मीन: प्रयासहरु सकारात्मक रहनेछन । सोचेभन्दा कमै फाइदा मिल्नेछ भने खर्चको मात्रा बढ्नेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ ।