काठेखोला गाउँपालिका ४ तंग्रामका काँग्रेस सभापति कंडेलद्वारा राजिनामा

बागलुङ, ४ कार्तिक ।
नेपाली काँग्रेस काठेखोला गाउँपालिका वडा नम्बर ४ तंग्रामका पार्टी सभापति यामदत्त कंडेलले साधारण सदस्य समेत नरहने गरी राजिनामा गरेका छन् ।
कंडेलले  शनिबार विहान आफ्नो फेसबुक आईडी मार्फत पार्टीको साधारणसदस्य समेत नरहने गरी राजिनामा दिएको घोषणा गर्नुभएको हो ।
नेपाली काँग्रेसले प्रतिनिधि तथा प्रदेशसभाको लागि शुक्रबार उम्मेदवारी चयन गरेपछि असन्तुष्टि पक्षहरुले पार्टीबाट राजिनामा गरि रहेका छन् । शुक्रबार नै नेपाली काँग्रेस बागलुङका क्षेत्र नम्बर २ का सभापति दोर्णकुमार कुँवरले पनि पार्टीको साधारण सदस्य समेत नरहने गरी राजिनामा दिएको घोषणा गरेका थिए ।

हेर्नुहोस् कंडेलले आफ्नो फेसबुकमा लेखेको राजिनामा

नेपाली कांग्रेस काठेखोला गाउँ पालिका साबिक तंग्राम गा .बि.स वडा नम्बर ४ सभापति को राजिनामा उहिलै दिएको र स्वकिर्ति नभएको मा आजको मिति बाट साधारण सदस्य नै नरहने गरि राजीनामा दिएको घोषणा गर्दै छु ।
यामदत्त कडेल
तंग्राम