
म्याग्दी, १ कात्तिक ।
म्याग्दीको बेनी नगरपालिका–८ गणेशटोलबाट जुवा जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । जुवातास लक्षित अभियान अन्र्तरगत प्रहरीले सुरु गरेको अप्रेसनमा दुईजना महिला सहित ७ जना पक्राउ गरिएको प्रहरी निरिक्षक सन्तोष रोकाले बताए । ’जुवाखालबाटै नियन्त्रणमा लिएका छौ । साधा पोशाकमा पनि प्रहरी परिचालन गरिएको छ’ रोकाले भने । उनले अनुसन्धानकै क्रममा रहेको बताउँदै घरधनी बाहेकको नाम सार्वजनि नगरिएको बताए । जुवाडेलाई जुवा ऐन अन्र्तरगत कारवाही गरिने छ ।
प्रहरीका अनुसार विगतमा पनि उक्त घरमा पेशेवर जुवाडेहरु खेल्ने गरेको गुनासो गरिएपनि प्रहरीले बेवास्ता गदैं आइरहेको थियो । केहीदिन यता प्रहरीले जुवातासलाई रोक्न विषेश अप्रेसन सुरु गरेको छ । बेनीबजारका साथै गलेश्वरबाट समेत जुवाडे पक्राउ गरिएपनि हाईप्रफाईलका जुवाडेहरु भने लुकिछिपी खेल्ने गरेका छन् । बेनीबजारमा कौडाको खाल समेत जम्ने गरेको जानकारी प्रहरीले पाएपनि स्थानको खोजी भइरहेको जनाएको छ । बजार क्षेत्रका पेशेवर जुवाडेले दैनिक स्थान परिवर्तन गर्ने गरेको बताइन्छ ।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिक आइरहेको अवस्थामा प्रहरीले बजार क्षेत्रमा निगरानीका साथै होटल र जिल्लाको प्रवेशद्धारमा समेत नियमित गस्ती गरिरहेको प्रहरी नायव उपरिक्षक बशुन्धरा खड्काले बताईन् ।’जुवाडेलाई जसको दवाव आएपनि छोडिदैन्, जुवा खेल्नु सामाजिक अपराध भएकाले नियन्त्रण अभियानमा सहयोग गर्न सार्वजनिक अपिल समेत गरिएको उनले बताईन् ।
बेनीबजारका साथै जिल्लाका सबै गाउँबस्तीहरुमा जुवातास संगै अन्य चाडपर्वमा कुनैपनि अपराधिक घटना हुन नदिने गरी माईकिङ गरिएको छ । एकहप्तामा २१ जनाभन्दा जुवाडे पक्राउ परिसकेका छन् । केही महिना अगाडी बेनीबजारको बैंकरोड नजिक घरकोतीन तलामा जुवाघर सञ्चालन गरिरहेकी एक महिला सहित ८ जनालाई पक्राउ गरी कारवाही गरेपछि प्रहरीलाई पक्राउ परेकालाई दवाव दिइएपनि कानुनी प्रक्रियामै लैजाने गरेको छ ।










