यी हुन राप्रपा बागलुङबाट सिफारिस हुने उम्मेदवारहरु

बागलुङ, २३ असोज
अगामि मंसिर १० गते हुने प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनको लागि राष्ट्रिय प्रजातन्त्र पार्टी बागलुङले आफ्ना उम्मेदवारहरुको नामावली केन्द्रमा सिफारिस गरेको छ ।
राप्रपा बागलुङले बागलुङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षमा टिकाराम सापकोटा र समानुपातिकमा डिलविकास राजभण्डारीको नाम केन्द्रमा सिफारिस गरेको छ
यस्तै बागलुङ क्षेत्र नम्बर १ को प्रदेश (क)बाट प्रत्यक्षमा देविप्रसाद कंडेल, संजय खड्का, कृष्ण कुमारी शेरचन, रण बहादुर बोहोरा र हेमराज पन्त र समानुपातिकमा ईश्वर राजभण्डारी र नविनचन्द शेर्वुजाको नाम सिफारिस गरेको छ । प्रदेश (ख)बाट प्रत्यक्ष तर्फ लक्ष्मीप्रसाद सापकोटा, ललित बहादुर केसी र गोविन्द पौडेल र समानुपातिक तर्फ पूर्णेन्द्र सापकोटा सिफारिस भएका छन् ।
यस्तै बागलुङ क्षेत्र नम्बर २बाट प्रत्यक्षमा चक्र बहादुर मल्ला, मान सिंह र बागदल श्रीस र समानुपातिक तर्फ मिठु कुमारी मल्लाको नाम राप्रपा बागलुङले केन्द्रमा सिफारिस गरेको छ ।
बागलुङ क्षेत्र नम्बर २ को प्रदेश (क)बाट प्रत्यक्ष तर्फ दुर्गाराज पाईजा, भीमप्रसाद काउचा र समानुपातिक तर्फ प्रेम बहादुर घर्ति सिफारिस भएका छन् । यस्तै प्रदेश (ख)बाट प्रत्यक्षमा निमबहादुर भण्डारी, भूना कुमारी चन्द र मेघध्वज मल्ला र समानुपातिक तर्फबाट दिपक कुँवर क्षेत्रीको नाम सिफारिस गरेको राप्रपा बागलुङले जनाएको छ ।