राजमो बागलुङले सिफारिस गर्‍यो प्रतिनिधि र प्रदेश सभाका उम्मेदवार

बागलुङ, २३ असोज
राष्ट्रिय जनमोर्चा बागलुङले आगामि मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाका लागि पार्टीका तर्फबाट उम्मेदवारहरुको नामावली केन्द्रलाई सिफारिस गरेको छ ।
जनमोर्चाले प्रतिनिधि सभा सदस्यका लागि क्षेत्र नम्बर १ बाट प्रत्यक्ष उम्मेदवारमा अमर थापा, कृष्ण अधिकारी र लिलादेवी शर्माको नाम केन्द्रलाई सिफारिस गरेको छ । यस्तै क्षेत्र नम्बर १ को प्रदेश (क) र (ख)का लागि तेजबहादुर थापा तिलक, लक्ष्मी पुन थापा र कृष्ण थापा, गुणनिधी शर्मा र धनादेवी शर्माको नाम सिफारिस गरेको जनमोर्चा बागलुङले जनाएको छ ।
यस्तै क्षेत्र नम्बर २ बाट प्रत्यक्ष तर्फ घनश्याम न्यौपाने, धर्मबहादुर कुँवर र रुनमाया थापाको नाम सिफारिस गरेको छ । यस्तै क्षेत्र नम्बर २ को प्रदेश (क) र (ख)को लागि प्रत्यक्ष तर्फ टंक बहादुर केसी, मनु सिन्जाली तथा टेक बहादुर घर्ति मगर, खिम विक्रम शाही र केश कुमारी बुढाको नाम केन्द्रमा सिफारिस गरेको जनाएको छ ।
समानुपातिक तर्फ नर बहादुर पुन, नारायण सापकोटा, वेदीलाल सापकोटा, मेखबहादुर पाइजा, भिमलाल पोख्रेल, हिराबहादुर थापा, धनबहादुर अदै, डिलबहादुर श्रीस, तिर्थसिंह थापा, पनबहादुर वि.क., घनश्याम वि.क., रनबहादुर वि.क., लालबहादुर राना, विष्णु बस्नेत, ठाकुर शर्मा, हिराबहादुर पुन, डोरबहादुर क्षेत्री, खड्क वि.क., पनिकला बुढा, कोपिला थापा, गिता थापा र होम बहादुर पुनको नाम सिफारिस गरेको राष्ट्रिय जनमोर्चा बागलुङले जनाएको छ ।