
कोरिया, २३ असोज
ओएनएफ कोरियाको छैटौं राष्ट्रिय अधिवेशनले परशुराम सापकोटाको अध्यक्षतामा २६ सदस्य नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।
नेपालबाट रोजगारीको शिलशिलामा कोरिया पुगेका नेकपा एमाले निकट नेपालीहरुको संगठन ओएनएफको उपाध्यक्षमा लाल बहादुर साउद, टेक बहादुर पुन र टिकाराम उपाध्याय रहेका छन् । यस्तै महासचिवमा श्रमदिप चौलागाइ, सचिवहरुमा हरिशंकर भण्डारी, दिपेन्द्र अधिकारी, कोषाध्यक्ष नेत्र चौधरी, सहकोषाध्यक्ष दुर्जहाङ लिम्बु रहनुभएको छ ।
यस्तै सदस्यहरुमा गुन बहादुर राना, नारायणप्रसाद चौलागाइ, किशोर ब्लोन, पदम बहादुर राई, आनन्द अधिकारी, शुलभ बन्धु पोख्रेल, विष्णु बन्जाडे, विनोद खनाल, हेमराज पोख्रेल, सन्तोष सिग्देल, प्रेम विक, मदन कृष्ण भुजेल, साङे शेर्पा, तेजनाथ तिमिल्सिना, ठगेन्द्र प्रसाद न्यौपाने, राजेन्द्र कुमार अधिकारी र दिपेश सिलवाल रहेका छन् ।








