
पेटमा मुसा दौडिन थालेपछि मान्छेको मात्र त के जनावरको पनि दिमागले काम गर्न छाड्दो रहेछ । कहिलेकाहीँ यसरी पेट भोको राख्नु चाहीँ भारी पर्दोरहेछ ।
भोकाएको एउटा गधाले पहेँलो रंगको कार यसरी चपाइदिन थाल्यो की आफ्नो मालिकलाई लाखौँ रुपैयाँ चूना लगाइदियो ।
समाचार अनुसार गधाले उक्त पहेँलो रंगको कारलाई गाजर सम्झिएछ । अनि त्यो पहेँलो चिजलाई खाने भरपूर कोसिस गर्दागर्दै कारमा ठूलै नोक्सानी पूराइदिएछ ।
घटना जर्मनीको हो । गधाले कार चपाइदिएपछि कारका मालिक चाहीँ गधाको मालिक विरुद्ध क्षतिपूर्तिको मुद्दा हाल्न अदालत पुगे । अदालतले कार मालिकलाई झण्डै साढे ५ हजार युरो क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको छ ।
तर गधा मालिकले चाहीँ क्षतिपूर्ति तिर्न अस्विकार गरेको बताइएको छ । असुरक्षित ठाउँमा कार पार्किङ गरेको हुँदा गधाले क्षति पूराइदिएको उनको तर्क छ । एजेन्सी
२०७४ असोज १६ गते प्रकाशित










