गलकोटको दुदिलाभाटी,भण्डारवनमा दशै पुर्णिमा मेला हुने ।

सुष्मा सुनार
गलकोट,०९ असोज ।
गौदी गौमुखी युवा क्वल गलकोट नगरपालिका–१ दुदिलाभाटी, भण्डारवनमा दशै पुर्णिमा  मेला २०७४हुने भएको छ ।
दशै पुर्णिमाको अवसर पारेर कला, संस्कृति,खेलकुदको संरक्षण गर्ने उदेश्यका साथ कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रमका अवसरमा साविकको वडा स्तरीय पुरुष भलिवल प्रतियोगिता, नृत्य, छेलो, भुपु भलिवल, लठो तान्ने लगायतको प्रतियोगिताको आयोजना गरिएको क्लवले जनाएको छ । मेला असोज १६ गते देखि सम्म हुने क्लवका सदस्य डम्मर खत्रिले जानकारी दिनुभयो ।
मेलाको आयोजना संगै विभिन्न तयारीहरु पनि तिव्ररुपमा भएको क्लवले जानकारी दिएको छ । सोही अवसरमा स्थानीय कला, सस्कृति झल्कने सोरठी, सालैजो गीत प्रर्दशनी गर्ने बताईएको छ । मेलामा सम्पन्न गर्नका लागि देश तथा विदेशबाट आर्थिक, भौतिक र नैतिक सहयोगको क्रमपनि चलिरहेको क्वलका सदस्य जीवन पुनले जानकारी दिनुभयो ।
मेलाको उदघाटन समारोहलाई गलकोट नगरपालिकाका मेयर भरत शर्मा गैरेले सम्वोधन गर्ने क्लवले जानकारी दिएको छ । क्लव विगत ३० वर्षदेखि नै दशै पुर्णिमा मेला गर्दै आएको छ ।