
बागलुङ,०७ असोज ।
बागलुङको बरेङ गाउँ पालिका वडा न २ हुुग्दिशिरको पेरिवाङमा शनिबार अपराह्न ३ बजे पीकअप जिप दुर्घटना हुँदा २ जनाको घट्ना स्थलमा नै मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् ।
बागलुङ बजार देखि बरेङ बजार तर्फ गएको ध १ ज १३४ न. पिक अप जिप दुर्घटना हुँदा २ जना प्रहरी जवानको घट्ना स्थलमा नै मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । ।
इलाका प्रहरी कार्यालय बरेङमा कार्यरत प्रहरी हवल्दार खीमबहादुर बिष्ट र गुल्मि घर भई बाटाकाचौर प्रहरी चौकिमा कार्यरत प्रहरी जवान ढालबहादुर श्रीषको घट्ना स्थलमानै मृत्यु भएको घट्ना स्थलबाट सञ्चारकर्मी दिपेन्द्र परियारले जानकारी गराउनु भयो ।
चार जना घाइतेहरुको थप उपचारको लागि बजार तर्फ ल्याइएको छ । बरेङ बजारमा व्यवसाय गरि बस्ने समिर मिया, मञ्जि खातुन, जिप चालक साधन श्रीष, सबिना खातुनको थप उपचारको लागि बागलुङ बजार तर्फ ल्याइएको छ ।
अन्य घाइतेहरु प्रहरी जवान गुञ्जबहादुर राना, रिना लामिछाने, सत्कार लामिछाने, तमबहादुर खत्री, जितु लामिछानेलाई थप उपचारको लागि पाल्पा तर्फ लगिएको छ । सामान्य घाइेत प्रहरी जवान शेरबहादुर नेपाली भने इलाका प्रहरी कार्यालय बरेङमा फर्किनु भएको छ ।










