पत्रकार महासंघको भवन निर्माणका लागि शिक्षक हित सहकारीको ५ हजार सहयोग

खवर वे सम्वाददाता
बागलुङ,०५ असोज ।
नेपाल पत्रकार महासंघ बागलुङको भवन निर्माण कार्यका लागि शिक्षक हित वचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङले ५ हजार रुपैया आर्थिक सहयोग गरेको छ ।
संस्थको छैठौ वार्षिक साधारणसभाको अवसरमा अध्यक्ष दिपक गौतमले नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिषलाई नगद रकम हस्तान्तरण गर्नु भएको हो ।
हामी सबैको रहर ः नेपाल पत्रकार महासंघको घर भन्ने नाराका महासंघले भवन निर्माण गर्न थालेको छ । भवन निर्माणका लागि महासंघले १ करोड ३० लाख रुपैया बजेटको व्यवस्थान गर्दैछ । स्थानीय तह, जिल्ला तथा केन्द्रीय स्तरका विभिन्न कार्यालय, संघ संस्था, सहकारी संघ संस्था लगायत व्यक्तिगत रुपमा समेत भवन निर्माणका सहयोग प्राप्त भइरहेको अध्यक्ष शिरिषले जानकारी दिनुभयो ।