
खवर वे सम्वाददाता
बागलुङ,०४ असोज ।
मालिका सेवा समाज बागलुङले काठेखोला गाउपालिका ६ विहुँको एक विद्यालयमा शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । छोटो समयमा सामाजिक कार्यमा क्रियाशिल रहेको समाजले विहुँको अमर प्राथमिक विद्यालयलाई सामाग्री वितरण गरेको हो । विद्यालयमा अध्ययनरत ८७ जना विद्यार्थीहरुलाई १५ हजार बराबरको कापी,कलम, कटर, इरेजर र पुस्ताकालयका लागि आवश्यक सामग्री वितरण गरिएको समाजका अध्यक्ष दुर्गाबहादुर कुवरले जानकारी दिनुभयो ।
सामग्री हस्तान्तरण पछि बोल्दै काठेखोलाा गाउपालिक ६ विहुँका अध्यक्ष युक्तप्रसाद कंडेलले विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न शिक्षक,अभिभावक र विद्यार्थीहरुका भुमिका महत्वपुर्ण हुने बताउनुभयो । साथै काठेखोलाका समग्र शैक्षिक समृति तर्फलाग्ने प्रतिवद्धता जनाउनुभयो । विद्यालयको भौतिक संरचना,आवश्यक पाठ्यपुस्तक प्रर्याप्त भएमात्र सिकाईको उपलव्धता हुने कंडेलको भनाई छ । साथै शैक्षिक अभियानले विद्यार्थीहरुको पढ्ने बानी र क्षमता विकास गर्न यस्ता खालका कार्यक्रमले थप टेवा पुग्नेमा जोडदिनुभयो । सोही अवसरमा नेपाल रेडक्रस सोसाइटी बानपा ३ राटमाटाका सभापति कविरन्द्र सापकोटा, मालिका सेवा समाज बागलुङका कोषाध्यक्ष दुर्गाबहादुर केसी, समाजका सदस्य रवि शर्मा, अमर प्राथमिक विद्यालय व्यवस्थापन समिति महिला सदस्य मिना निउरे लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
प्रकाशन प्रालि काठमाण्डौँको आर्थिक सहयोग तथा सिज स्टेशनरी बागलुङको संयोजनमा समाग्री वितरण गरिएको कार्यक्रममा विद्यालयका प्रधानध्यापकले धन्यवाद दिनुभएको थियो । कार्यक्रम मालिका सेवा समाजका अध्यक्ष दुर्गाबहादुर कुँवरको अध्यक्षता, उपाध्यक्ष जीवननाथ शर्माको स्वागत र सचिव तेजबहादुर कुँवर सन्तोषको संचालनमा सम्पन्न भएको थियो ।








