ईश्वर सिंहको दशै कोशेली “फुल्यो होला मखमली” छोटो समयमै चर्चामा

खवर वे सम्वाददाता
बागलुङ, ०३ असोज ।
पछिल्लो समयका चर्चित लोक गायक ईश्वर सिंहको दशै कोशलेली फुल्यो हालो मखमली बजारमा आएको छोटो समयमा नै चर्चामा छ ।
गाउ, शहरका विभिन्न रेडियो , संचारमाध्यममा पनि उक्त गीतको नै चर्चा परिचर्चा हुने गरेको छ ।
नेपालीहरुको महान चाड बडा दशैको अवसरमा पारेर परदेशीको कथामा आधारीत उक्त गीत चर्चा परिचर्चा बटुल्न सफल भएको हो । शव्द सृजनामा पछिल्लो समयमा फरक पहिचान बनाउन सफल सज्रक राम खत्रिको उत्कृष्ट शव्द सृजना, पदम खत्रिको लय रहेको उक्त गीतमा चर्चित लोक दोहोरी गायिका देवी घर्ति मगर र इश्वर सिंहको साथमा योगेन्द्र सापकोटाको सुमधुर आवाज रहेको छ ।

आफ्नो जन्मभुमी छाडेर धेरै सपना बोकेर परदेशीएको नेपालीले चार्डवाड आउदा मनमा लाग्ने पिडा लगायतका विषयलाई गीतमा समावेश गरिएको छ भने म्युजिक भिडियोमा पनि दृश्य देख्न सकिन्छ ।
विमल केसी र टिना श्रेष्ठको मुख्य अभिनय रहेको म्युजिक भिडियोको निदेर्शन बिक्रम चौहान, प्रकाश खडकाको छाँयाङकन गर्नुभएको छ ।
लोक कला संस्कृति झल्कने दर्जनौँ गीत बजार ल्याई आफुलाई सफल गायक बनाउन सफल सिंहले जव चाडवार्ड आउछ घर परिवार अनि देशको माया मनमा उकुसमुकुस भएर आउने गर्दछन ती यथार्थलाई गीतमा रुपान्तरण गरिएको खवर वे लाई जानकारी दिनुभयो । उहाँका यानी माया, साइली पञ्चेबाजा, झ्याउरे लगायतका दर्जनौ गीतहरु बजार चर्चित छन । साथै अन्य गीतहरुलाई जस्तै यस दशै कोशेलीलाई पनि माया गरि हेरेर, सुनेर प्रतिक्रिया दिन समेत गायक सिंहले आग्रह गर्नुभएको छ ।