काठेखोलाको आगमी पाँच वर्षः शिक्षित, समुन्नत, आत्मनिर्भरता र समृद्धि उन्मुख गाउँपालिका

बागलुङको काठेखोला गाउँपालिका साविकको जिल्ला सदरमुकाम नजिक भए पनि विकास निर्माण, शिक्षा, स्वास्थ्य तथा रोजगारी जस्ता विकास पूर्वाधार निर्माणमा बत्तिमुनीको अध्यारो जस्तो बनेको छ । सो क्षेत्रमा विकास गतिविधि नभएका त होईनन तर जति हुनुपर्ने हो त्यो अपेक्षाकृत अर्थात स्थानीय स्तरबाट प्रतिनिधित्व गर्ने राजनीतिक दल र र उनीहरुले जिल्ला राजनीतिमा खेल्नु भूमिका र सामाथ्र्य भन्दा धेरैकमी हो । मुलकु नयाँ संरचना प्रवेश गरे पनि सिहदरवारको अधिकार स्थानीय तहमा आई पुगेको छ । यसको अभ्यास पनि निर्वाचन सम्पन्न भए लगतै भएको पाईन्छ । स्थानीय सरकार निर्माण भएपछि जनताको आसा र अपेक्षाको चाँङ्ग नै लागेको छ । करिव २० वर्ष पछि पहिलो चरणमा स्थानीय तह निर्वाचन भएको पनि करिब चार महिना वित्न लाग्यो । जनप्रतिनिधिले कार्यभार सम्हालेको समेत एक सय दिन पुरा भएको छ । निर्वाचनको समयमा जनप्रतिनिधिले देखिएको नमुना वडा तथा गाउँपालिका निर्माणको कल्पना र वास्तविकताबीचको अन्तर, कानुनी जटिलता तथा र आगमी पाँचवर्षको अवधिमा गाउँपालिका कस्तो बनाउने यस विषयमा सम्पादक नवीन शिशिरले काठेखोला गाउँपालिका अध्यक्ष अमर थापासँग गरेको कुराकानीः

निर्वाचित भए पछि पहिलो काम के गर्नुभयो ?
सवै भन्दा पहिला हामी पुर्वाधार विहिन अवस्था छौ । व्यवस्थापकिय काममा नै हामी लागि परेका छौ । कार्यालय व्यवस्थापनदेखि अन्य थुप्रै काममा हामी लागि परेका छौ तथापि हामी निर्वाचित भएर आइरहदा जनस्तरमा जाने र प्रत्यक्ष अनुभुति हुने थुप्रै योजना छनौट गरेका छौ ।
गाउँपालिकामा आवश्यक कर्मचारी व्यवस्थापन नहुँदा कार्य सम्पादनमा के कस्ता समस्या छन ?
यस सन्दर्भ सामान्य नागरिकताका सिफारीस जस्ता काममा समेत गाह्रो भएको छ भने अरु के भन्नुु । वाडदेखि कार्यपालिकासम्म यावद समस्या सृजना भएका छन । सिहदरवारको अधिकार गाउघरमा भन्ने नारा आएको छ तर यसको कार्यान्वयनमा धेरै समस्या सृजना भएका छन । प्राविधीक देखि प्रशासन र आई.टि.मा रहने जनशक्ति नभएकाले हामीले चाहेको अनुसारको कामलाई अगाडि बढाउन समस्या भएको छ । विशेषतः फिल्डमा खटेर जनताका काम गर्ने जनशक्तिको अभाव रहेको छ । प्राविधी जनशक्ति अति नै अभाव रहेको छ तत्काल योजना संचालन गर्न पनि समस्या रहेको छ, लेखा तथा प्रशासन, राजश्व, शिक्षा स्वास्थ्य, कृषि पशू विकासका क्षेत्रमा काम गर्नका लागि जनशक्ति अभावका कारण दैनिक कार्य संचालनमा निकै समस्या भएको छ । जिल्ला स्तरमा कर्मचारी व्यवस्थापन कार्यदल वनाएको त छ तर यस कार्यदलले कुनै परामर्श पनि गरेको पनि छैन र स्थानिय तहमा करारमा नियुक्तिको अधिकार समेत दिएको छैन त्यस कारण स्थानिय तहमा काम गर्नका लागि समस्या परेको छ ।
जनप्रतिनिधिसँग जनताकोको आशा र अपेक्षाको चाँङ्ग छ तर स्थानीय निकाय संचालन सम्बन्धी नीति, नियम, कानुन र निर्देशन जारी नहुँदा कति गाह्रो परेको छ ?
हामीलाई स्थानिय तहको राज्य संचालन गर्नका लागि सबै अधिकार दिएको छ तर यि अधिकारलाई हाल स्थानिय विकास मन्त्रालयको आदेश अनुसार दैनिक कार्य संचालन गर्नु पर्ने अवस्था छ । हामीले दैनिक काम संचालन गर्ने ऐन अझै व्यवस्थापीका सभामा छलफलको विषय समेत बन्न सकेको छैन त्यस कारण अहिले आदेशका भरमा स्थानिय तह संचालन गर्नुपर्ने अवस्था, दैनिक कामकाजका लागि पर्याप्त कर्मचारीहरुको व्यवस्थापन भईनसकोले पनि जनताको आशा र अपेक्षाको चाँङ्गलाइ संम्वोधन गर्न सकिएको छैन तर पनि हामी गाउँसभाको माध्यमबाट योजनाको छनौट गरिसकेका छौ र कार्यान्वयनको चरण जाने तयारीमा छौ ।
तपाई निर्वाचित भएको करिव ३ महिना विति सक्यो यो बीचमा स्थानीय नागरिकका प्रमुख माग र आवश्यकताहरु के के छन ?
निर्वाचित भएर आए पछि पहिलो गाउ सभाबाट ३३७ वटा योजना पास गरि सकेका छौ तर हामीका दैनिक जसो अन्य योजनाहरुको माग आइरहन्छन त्यस कारण जनताका अपेक्षहरु थुप्रै छन र हामी सवै मागहरुलाई प्रथमिकता निर्धारण गरेर कार्यान्वयनचरण जादैछौ र हामी भौतिकपुर्वाधारका योजनाहरुलाई प्रमुखताका साथ अगाडि बढाएको अवस्था छ । साथ साथै शिक्षा स्वास्थ्य, कृषिका योजनाहरुलाई पनि संगसंगै लैजाने हामी योजना वनाएका छौ । यि सवै कामहरुलाई व्यवस्थीत गर्नका लागि हामीले ६ वटा विषय गत समिति गठन गरिसकेका छौ र यी समितीका संयोजक मार्फत कामलाई व्यवस्थीत गर्ने काम भैरहेको छ । सीमित साधन र श्रोतका माध्यमबाट असिमीत आवश्यकता पुरा गर्नका लागि गाह्रो छ त्यसकारण पनि हामी सवै सरकारी तथा गैरसरकारी संघ संस्थाहरु, सहकारी सवैलाई यो मुल प्रवाहमा ल्याउने प्रयासमा हामी लागी परेका छौ ।
केही वडा कार्यालयहरु अझै पनि सदरमुकाममा छन ? वडा अध्यक्षहरु पनि गाउँमा समय नदिएको जनगुनासो छ नी ?
२० वर्षदेखि गाउँपालिकाको काम १ जना कर्मचारीद्धारा संचालन हुदै आएको त सायद मैले पुरावृति गर्नु पर्दैनहोला । यहि भएर हामी यी जनताका गुनासा र समस्या समाधानका लागि जनप्रनिधी भएर आएका छौ जहाँसम्म वडा कार्यालयहरु अझै सदरमुकाममा नै छन भन्ने प्रश्न छ , हामी निर्वाचित भएर आइरहदा कति पय वार्डहरुमा काम गर्नका लागि वार्ड कार्यालय भवन नभएको अवस्था छ र हामीले गाउ कार्यपालीको पहिलो बैठकद्धारा आगामी आ.व. बाट संवन्धित वार्ड कार्यालयबाट नै सेवा प्रवाह गर्नु पर्छ भन्ने हेतुले तत्काल भवन भएका स्थानमा मर्मत संम्भार गर्ने र भवन नभएका स्थानमा भाडा लिने भन्ने निर्णय गर्यौ र हाल हामी संम्बन्धीत वार्डबाट नै सेवा प्रवाह गरेको छौ जहा सम्म वडा अध्यक्ष सदरमुकाम वेश छन भन्ने सवाल उठाउनु भा को छ मलाई लाग्छ उहाहरु यति व्यस्त हुनुहुन्छ सायद मैले कल्पना पनि गरेको थिइन । त्यस कारण उहाको कार्य व्यस्थता हेर्दा र कामको प्रकृतिले हामीले विनीयोज गरेका योजनाहरुको कार्यान्वयन कसरी गर्ने होला जस्तो लाग्न थाल्यो । वडा अध्यक्षहरु दैनिक शिफारिस , नाता प्रमाणित जस्ता कामका व्यस्तहुने तर योजना संचालनमा उहाहरुको भुमिका न्युन हुने हो भने अलि समस्या सृजना हुने हो कि भन्ने चिन्ता हुन थाल्यो त्यसकारण वडा अध्यक्षहरुको वारेमा जनगुनासा उठाउनु अनावश्यक कुरा उठाउनु यि सवै निराधार छन र उहाहरुले समय दिनु भएन भनेर कार्यपालीकामा कुनै गुनासो पनि आएको अवस्था होइन ।
काठेखोला गाउँपालिकाको केन्द्र निर्धाणको विषयमा अझै पनि जनतामा जिज्ञासा रहेको छ, कुन ठाउँमा मुख्य कार्यालय रहने भन्ने यस विषयमा प्रष्ट परिदिनुहुन्छ ?
केन्द्रका सन्र्दभमा जुन नेपाल सरकारले राजपत्र मार्फत जुन प्रस्ताव आयो त्यसलाई काठेखोला स्तरिय राजनैतिक दलहरुको समझदारी अनुसार अक्षेते सुल्डाडा भन्ने कायम गरेका छन त्यहि नै अहिले कायम रहेको छ ।
गाउँपालिका संचालनका मुख्या चुनौती के पाउनुभयो ?
यहाँले जुन समस्या र चुनौतिका सन्दर्भका कुरा उठाउनु भो यसलाई म बुदागत रुपमा राख्न चाहान्छु ः
क) गाउँपालिका भित्रका सम्पुर्ण वार्डहरुमा कच्ची सडक पुगे पनि मोटेरेवल पुल र सडकको स्तरोन्नतीको अभावमा बाह्रै महिना प्रत्येक वार्डमा पुग्न भरपर्दो यातायातको पहुंच नहुनु
ख) घरेलु उद्योग तथा लघु उद्यम संचलान र दिगोपनाको विकास नहुनु ।
ग) अव्यवस्थित र अनियन्त्रित सडक निर्माण कार्यले भूक्षय तथा वोट विरुवाको विनास बढदै जानु ।
घ) रासायनिक मल तथा किटनासक औषधिको प्रयोग र ल्पाष्टिक जन्य फोहोर मैलाले ग्रामिण वातावरणको साथै खेतीयोग्य जमिनको प्रदुषणमा वृद्धि हुनु ।
ङ) श्रमदान गर्ने प्रवृद्धिमा ह्रास हँुदै जानु ।
च) उपभोक्त्ता समिति आयोजना संझौता गर्ने र निर्माणमा मात्र सीमित रहने, मर्मत संभार तथा अन्य व्यवस्थापनमा उचित ध्यान नदिने प्रवृद्धिले गर्दा योजना दिगोपनमा असर परेको, जनताका धेरै मागहरु, सिमित श्रोत र कर योग्य क्षेत्रको अभाव ।
छ) सरकारी तथा सामुदायिक जमिनमा भएको अतिक्रमण हँुदै जानु, यसरी समस्या र चुनौतिका विच हामी योजना संचालन गर्दै गर्दा हामी विस्तार हल गर्दै जान सकिन्छ भन्ने हाम्रो ठम्याई छ । यो अभियानमा हामी काठेखोला गाउँपालिकामा सहकारी सरकारी तथा नीजि सवैसँग सहकार्य गरेर, लगानी मैत्री वातावरण सृजना गरेको अगाडी जान्छौ ।
विपक्षीको मतको सम्बोधन सम्मान कसरी गर्नुहुन्छ ?
यस सन्दर्भमा हामी कसैलाई पनि काखा र पाखा गर्दैनौ । जुन अवस्थामा हामी दलको तर्फबाट चुनावमा प्रस्तीपर्दा गरियो अब हामी साझा जनप्रनिधी भएका छौ । बहुमत र अल्पमतको कुनै गुन्जायस आउने नगरि हामी काम गर्दछौ र सवै राजनैतिक दललाई सम्मानका साथ अगाडि जान्छौ ।
काठेखोला गाउँपालिकालाई स्रोत साधानको हिसावले कमजोर छ भन्छन यस भित्रको वास्तविकता के हो ?
हो वास्तावमा काठेखोला गाउँपालिका प्राकृतिक श्रोत र साधनले अलि कमजोर हो कि भन्ने लागेको छ तर पनि हामी यस विषयमा अध्ययन अनुसन्धान गरि पहिचान गर्ने तर्फ हामी जाने छौ । हामीले समृद्धिका कुरा गरिरहदा हाम्रो भुगोललाई अत्यधिक रुपमा प्रयोगमा ल्याउनु जरुरी छ र सम्भावनाहरु पनि त्यतिकै छन । हाम्रा थुप्रै ऐतिहासीक सम्पादहरु पनि छन र ति सम्पदाहरुको विकास गरि पर्यटकिय रुपमा विकास गर्न सकिन्छ । काठेखोलामा भित्रीने रेमिटान्सलाई पनि उचित ठाउँमा लगानी गर्न सकियो भने पनि यसबाट प्रचुर मात्रामा सेवा लिन सकिन्छ । अर्को महत्वपुर्ण विषय जब हामी निजी क्षेत्रलाई लगानी मैत्री वातावरण र सुरक्षाको अनुभुति हुने वातावरण सृजना गर्दैनौ हामी नीजि क्षेत्रलाई लान सकिदैन त्यस कारण पनि हामी एक खालको रणनीतिक योजना साथ अगाडि बढदै गयौ भने हामी चाहेको समृद्धि प्राप्त गर्न सक्दछौ, श्रोत र साधनाको अभाव भएको महशुष गर्नु पर्दैैन ।
गाउँपालिकालाई पाँच वर्षमा कस्तो बनाउने सपना देख्नुभएको छ ।
एक जनप्रतिनीधिका रुपमा गाउँपालिकामा प्रवेश गर्दै गर्दा, हामीले काठेखोला गाउँपालिकालाई एक शिक्षित, सक्षम, समुन्नत, आत्मनिर्भरता र समृद्धि तर्फ उन्मुख गाउँपालिका भन्ने परिकल्पना गरेका छौ । परिकल्पनालाई साकार पार्नका लागि विभेदरहित सामाजिक न्याय सहितको काठेखोला गाउँपालिकाको गौरवमय सन्तुष्टी सहित देशको नमुना गाउँपालिकाको स्तरमा पुग्ने लक्ष्यका लिएका छौ ।
नोटः यदि तपाईसँग गाउँपालिकाको विषयमा कुनै जिज्ञासा छ भने हामीलाई तपाईको जिज्ञासा लेखि पठाउनुहोला त्यसको उत्तर गाउँपालिका अध्यक्षसँग लिने प्रयास गर्नेछौँ ।