एनआरएन आइसीसी सदस्य पदमा प्रेम रसाइलीको उमेदवारी

बागलुङ, २८ साउन
आसन्न गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको सातौं अधिवेशनमा आईसिसि सदस्य पदमा म्याग्दीका प्रेम रसाइलीले उमेदवारी दिनुभएको छ ।
आगमी सक्टेम्बर १ तारिक हुने निर्वाचनको लागि रसाईलीले उमेदवारी दिनुभएको हो । बेनी नगरपालिका–४ थामडाडा निवासी रसाईली यस अघि श्रमिक विभाग संयोजकको जिम्मेवारी सम्हाल्नुभएको थियो ।
म्याग्दी जिल्लावासीहरुको साझा सस्था मोना कतारको सस्थापक अध्यक्ष समेत रहेका रसाइली कतारमा विश्वकर्मा समाजको सस्थापक सल्लाकार, दलित एकता संजालका वरिष्ठ सल्लाकार र साझा मंच कतारको सल्लहाकार लगाएत विभिन्न सामाजिक संघसस्थाहरुमा समेत आबद्द रहनुभएको छ ।


झन्डै २ दसक देखि कतारमा रोजगारी आउनुभएका रसाइली कतारको प्रतिष्ठित कम्पनि जनरल सुपरभाइजरको रुपमा कार्यरत हुनुहुन्छ । पद्धति प्रक्रिया बिधि र विधानको पालना गर्दै कतारको निर्दे्शिका, संघको बिधानमा रही कतार र नेपाल सरकार को बिचमा पुलको काम गर्न गराउनको लागि आफुले उमेदवारी दिएको उहाँले बताउनुभयो ।