बागलुङका दुई कराँते खेलाडी बंगलादेशमा च्याम्पिएन

बागलुङ, २७ साउन
सार्क राष्ट्र बंगलादेशमा आयोजित कराँते प्रतियोगितामा बागलुङका दुई जना खेलाडीले स्वर्ण पदक जितेका छन् ।
नियमित प्रशिक्षण, घरेलु मैदान, अनुभवी खेलाडीलाई पछाडी पादैं बागलुङका निर्मल थापा र योगेन्द्र थापाले स्वर्ण पदक जितेका हुन ।
प्रतियोगितामा सहभागि हुन पुगेका निर्मल थापाले ८० र योगेन्द्र थापाले ७५ केजी तौल समुहमा प्रतिस्पर्धा गरेका थिए ।
‘निकै उत्साहित छौ, हामीले गरेको अभ्यासबाट पनि विदेशी भूमिमा उपाधी जित्न सकिने रहेछ’ निर्मल थापाले बंगलादेशबाट भने । ‘साकस्तरीय कराँतेमा नेपालका खेलाडीलाई बलियो दाबेदार मानिन्छ । खेलाडीलाई समेत राम्रो सम्मान हुन्छ’ थापाले भने ।


यस्तै उक्त प्रतियोगितामा म्याग्दीका चार कराँते खेलाडीले स्वर्ण पदक जितेका छन् । प्रतियोगितामा म्याग्दीका चन्द्र बुढा, गौरव घर्तीमगर, प्रजोल शेरचन र मार्सल गर्बुजाले स्वर्ण पदक जितेका हुन् ।
प्रतियोगितामा सहभागि हुन पुगेका बुढाले ६७ केजी, गौरव घर्ती ६० केजी, प्रजोल शेरचन ५० केजी र मार्सल गर्बुजाले ३५ केजी तौल समुहका खेलाडीसंग प्रतिस्पर्धा गरेका थिए ।