भारतमा ‘कपाल चोर’को आतंक

एजेन्सी । भारतमा हरियाणा र राजस्थान राज्यहरुमा ५० जना भन्दा बढी महिलाहरुले आफूहरु होशमा नरहेको बेला कसैले कपाल काटीदिएको भनी उजुरी गरेका छन् ।
प्रहरीले यी रहस्यमय घटनाको समाधान खोज्न संघर्ष गरिरहेको छ भने महिलाहरु आतंकीत र चिन्तित छन् भन्छन् बीबीसका विकास पाण्डे ।
‘अदृश्य हजामको हमला’ भनेर चर्चा भैरहेको महिलाहरुको कपाल काटिने घटना सबैभन्दा पहिला गत जुलाई महिनामा राजस्थान राज्यमा भएको बताइएको थियो ।
अहिले हरियाणा र दिल्लीमा त्यसरी महिलाहरुलाई थाहै नहुने गरी कपाल काटिएका रहस्यमय घटनाका ताजा विवरणहरु आइरहेका छन् ।
पिडित महिलाहरुले कुनै घटनामा रंगीन कपडा लगाएका प्रौढ पुरुष जिम्मेवार भनेका छन् त कुनैमा महिला ।

परिवारको दरिलो साथ

कपाल काटिएको घटनाका पिडितहरु अझै पनि आतंकीत छन् र तिनका परिवारजनले तिनीहरुलाई एक्लै नछाडी साथ दिइरहेका छन् ।
त्यस्तो घटनाको उजुरी आएको गुडगावं क्षेत्रका प्रहरी प्रवक्ता रविन्दर कुमार भन्छन्, “प्रहरीले त्यस्ता घटनाहरुका सम्बन्धमा छानविन थालेको छ। यि अनौठा घटनाहरु हुन् ।
“घटनास्थलमा कुनै सुराग मिलेको छैन, पीडीतहरुको चिकित्सा परिक्षण गर्दा पनि कुनै असामान्य नतिजा देखिएको छैन ।
“पिडीतहरु लगायत कसैले पनि ति आक्रमणकारीहरुलाई राम्ररी देखेको भनेर बताउन सकेका छैनन् ।”
ति प्रहरी प्रवक्ताका अनुसार विभिन्न क्षेत्रका प्रहरीहरुले घटनाको चुरोसम्म पुग्न आपसी तालमेलको संयोजन गरिरहेका छन् ।
यो सबै जारी रहंदा विभिन्न प्रकारका हल्लाहरु पनि ति क्षेत्रमा फैलिरहेका छन् । – बीबीसी हिन्दी

२०७४ साउन २६ गते प्रकाशित