श्रीसको उपचारमा सहयोग संकलनको लागि नृत्य गर्दै साइनिङ डान्स

बागलुङ, २३ साउन
बागलुङको काठेखोला गाउँपालिका वडा नम्बर–४ तंग्रामका २४ बर्षिया बिष्णु श्रीस पुनको उपचारमा सहयोग पु¥याउनको लागि दी साइनिङ डान्स ग्रुप बागलुङले आर्थिक संकलन अभियान सुरु गरेको छ ।
लुपस रोगबाट प्रताडित बनेर जिवन मरणको दोसाधमा पुगेकी पुनको उचारमा सहयोग गर्नको लागि आईतबारदेखि बागलुङका चोकचोकमा नृत्य प्रस्तुत गरेर आर्थिक संकलन गर्न लागिएको डान्स हलका संचालक कृष्ण संयोगले बताउनुभयो । डान्स ग्रुपले आईतबार लोकतान्त्रीक चोकमा र सोमबार जिपपार्कमा नृत्य प्रस्तुत गरेर सहयोग संकलन गरेको छ ।


परिवारले उपचार खर्च पु¥याउन नसक्ने अवस्था सिर्जना भए पछि आफन्त शुभेच्छुकको पहलमा गठन गरिएको बिष्णु श्रीस पुन उपचार सहयोग समितिको सहकार्यमा अभियान सुरु गरिएको दी साइनिङ डान्सहलका संचालन संयोगले बताउनुभयो । श्रीसको अहिले ग्राण्डि अस्पताल काठमाण्डौमा उपचार भइरहेको छ । उपचारका लागि अझै ३२ लाख भन्दा बढी खर्च लाग्ने अस्पताल स्रोतले जनाएको वताईएको छ ।