
योग अभ्यासलाई विभिन्न कलात्मक शैलीमा प्रस्तुत गरिरहेका चिनियाँ युवतीले झोलुङ्गे पुललाई समेत प्रयोग गरेका छन् ।
चीनका विभिन्न पर्यटकीय ठाउँमा सिसाले बनेका पुलको प्रयोग बढिरहेको बेला त्यस्तै पुलमा योग अभ्यास पनि थालिएको हो ।
मध्य चीनको हुबेई प्रदेशका युवतीले जमिनको सतहबाट ५० मीटर अग्लो झोलुङ्गे पुलमा योग अभ्यास गरेका छन् । हुबेईको यो नगर चीनको एउटा पर्यटकीय केन्द्र मानिन्छ ।










