
तपाईंलाई लाग्छ सक्छ, आफ्नो घरभित्र बसेर पोर्न फिल्म हेर्न पाउनु व्यक्तिको वैयक्तिक अधिकार तथा मौलिक हक हो । तर होइन रहेछ ।
भारतको महाराष्ट्र सरकारले घरभित्र बसेर पोर्न हेर्नु व्यक्तिको मौलिक अधिकार नरहेको प्रष्ट पारेको छ । सर्वोच्च अदालतमा पेश गरेको जवाफमा सरकारले यस्तो उल्लेख गरेको हो । सरकारका अनुसार सार्वजनिक ठाउँमा पोर्न हेर्नु त अझ पूर्णरुपमा गैरकानूनी हो ।
भारतको सर्वोच्च अदालतको संवैधानिक इजलासमा नागरिकका मौलिक हकका विषयमा परेका विभिन्न रिटहरुमाथि बहस भइरहेको छ ।
त्यसक्रममा सरकारी वकिलले गोपनियताका विभिन्न आयाम हुने भन्दै सबै खाले गोपनियतालाई मौलिक अधिकारको सूचिमा राख्न नसकिने बताए ।
एजेन्सी
२०७४ साउन १६ गते प्रकाशित










