काँठेखोला गाउँपालिका अध्यक्ष थापालाई पितृ शोक

बागलुङ, १४ साउन
बागलुङको काँठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापालाई पितृ शोक परेको छ ।
अध्यक्ष थापाका ७९ वर्षिय पिता घनश्याम थापाको शनिबार काठमाडौंको नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको छ ।
खोला गाउँपालिका वडा नम्बर २ मा आफ्नै घरमा सुतिरहेको अवस्थामा बिहीबार विहान हट्याट्याक भएपछि उपचारको क्रममा उहाँलाई उपचारको लागि काठमाडौं पु¥याईको थियो ।
काठमाडौंमा शुक्रबार मुटुको अपरेशन गरिएको थियो । शुक्रबार अप्रेसन सफल भए पनि शनिबार थापाको निधन भएको हो । काँठेखोला गाउँपालिका–२ भीमापोखरामा निवासी थापा समाजसेवीमा अग्रसर रहनुभएको थियो ।