
कोपिला कंडेल
बागलुङ, १२ श्रावण
बागलुङको काठेखोला गाउँपालिका–६ बिहुँमा संचालित २२ दिने बुटिक निर्माण तालिम बिहिबार सम्पन्न भएको छ ।
जिल्ला शिक्षा कार्यालय बागलुङ्गको सहयोग र ज्ञानज्योती सामुदायिक सिकाई केन्द्रको आयोजनामा सम्पन्न तालिममा स्थानीय २२ जना महिलाको सहभागीता रहेको थियो ।
समापन समारोहमा बोल्दै जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत सरिता देबी शर्माले महिला सशक्तिकरण एबं आजआर्जनका लागि व्यवसायिक तालिम महत्वपुर्ण हुने बताउनुभयो ।
उहांले तालिममा सिकेका सिपलाई व्यवहारिक रुप दिन सके मात्र तालिमको सार्थकता रहने बताउनुभयो । कार्यक्रममा अमर उच्च माबि बिहुँ श्रोत केन्द्रका श्रोतब्याक्ति पुर्ण प्रसाद ढुङ्गाना, भिमापोखरा केन्द्रका श्रोत ब्याक्ती श्री प्रसाद शर्मा कंडेल, भिमसेन उच्च माबिका प्राचार्य रघुनाथ कंडेल, शिक्षक नारायण कंडेल, पत्रकार महासघं बागलुङ्ग शाखाका सल्लाहकार कोपिला कंडेल, ज्ञानज्योती सामुदायिक सिकाई केन्द्रका सदस्य कल्पना कंडेल र तालिमका सहभागि मञ्जु पुन लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
२२ दिन सम्म संचालित तालिमको सहजिकरण शोभा बिकले गर्नुभएको ज्ञानज्योती सामुदायिक सिकाई केन्द्रले जनाएको छ ।
कार्यक्रम ज्ञानज्योती सामुदायिक सिकाई केन्द्र काठेखोला गाउंपालिका वडा नम्वर ६ का अध्यक्ष बालकृष्ण शर्मा कंडेलको अध्यक्षता, सदस्य दिल्लीराज उपाध्यायको स्वागत मन्तब्य र भिमसेन प्राबिका प्रधानाध्यापक मन बहादुर केसीको संचालनमा सम्पन्न भएको थियो ।










