गायक प्रकाश सपुतको मैं नाच्छु छम छम छम बजारमा

केपी कुमार जलन/ बागलुङ
दर्जानौ गितहरुमा लय शव्द स्वर मोडल गरि सकेका गायक मोडल प्रकाश सपुतको लय तथा शव्द सृजनामा सुस्मा लोहनीको मैं नाच्छु छम छम छम तिज गित बजारमा आएको छ ।
फुल भनेनी सही हो तिमलाई
जुन भनेनि सहि हो
आखिरी तिम्रो जोवन हाता पर्ने मै हो
नाचिदेउ छम छम छम मयाले आउला गित गाउन
कुन्नि धर्मले लेखेको छ होला तिम्रो जोवन पाउन
जस्ता एक माया प्रेमको अन्तरंग बनेको यस गीतलाई प्रकाश सपुतको आफ्नै युटयुब च्यानल मार्फत बजारमा सार्वजनिक गरिएको छ ।
गायक प्रकाश सपुतको शब्द र लय सिर्जनामा रहेको यस गितमा आवज गायक सपुत र सुस्मा लोहनीको रहेको छ । प्रकाश भट्टको निर्देशन रहेको गीतको म्युजिक भिडियोमा प्रकाश सपुत सुस्मा लोहनी र मनिष खड्काले अभिनय गरेका छन । करन चैसिरले छायांकन गरेको भिडियोका सम्पादक भने बिष्णु शर्माले गरेका हुन् ।