गजल

याद ले भन्दा यथार्थले बाच्न सिकायो
तस्बिर ले नै रुन अनि हास्न सिकायो

दुनियाँ स्वार्थी छ जताततै जान्दाजान्दै
समयले अन्तै नाता गास्न सिकायो

दिल तोडफोड गरि कसैले साथ छोडेपछि
किर्तिम हासो देखाइ पिडा सबै मास्न सिकायो

अनुसार देख्नु छैन भरोसा को आधर थियो
मात्रै सिमित क्षण मन मुटु मा टास्न सिकायो

धरापमा पारेपछि बिश्वास मा पारेपछि
बिस्तारै बिस्तारै यादहरु नास्न सिकायो

कमला आचार्य
वा न पा ४ कुडुले