एक ससक्त कविता- समयरेखा

१. बा!
हिजो हुनुहुन्थ्यो
आज हुनुहुन्न
भोलिको त कुरै छाडौं ।
*
२. यो लेख्दै गरेको कबिता
हिजो थिएन
आज छ,
भोलि टुङ्गो छैन।
*
३. मृत्यु
न हिजो नसिब भो
न आज छ।
भोलि पक्का छ।
*
म,
म आफैलाई बुझ्न यी तीन कुराहरु पर्याप्त छ्न।
*
बा’ ले मलाइ यो कबिता थमाए,
र एकदिन
यहि कबिताले मलाइ थमाउने छ,
मृत्युको चिट्ठी ।

संजय देब बिस्ट
कृषि तथा पशु बिज्ञान अध्ययन संस्थान
किर्तिपुर, काठमाडौ