अपडेटः जीप दुर्घटनामा चारको मृत्यु, ६ जना घाईते (नामावली सहित)

नवीन शिशिर
बागलुङ, ९ साउन
बागलुङको बडिगार्ड गाउँपालिका वडा नम्बर–५ ग्वालीचौरमा सोमबार विहान जीप दुर्घटना हुँदा चार जनाको घटना स्थलमा ज्यान भएको छ । ६ जना घाईते भएका छन ।
बडिगार्ड गाउँपालिका–८ रणसिंहकिटेनीदेखि खर्वाङ्ग बजारको लागि छुटेको ध १ ज १८४ नम्बरको जीपअप जीप दुर्घटना हुँदा बर्डिगार्ड–४जलजलाका ४२ वर्षिय होमेन काउचा, सोही स्थानका ३६ वर्षिय नरबहादुर सेरपुन्जा, ३५ वर्षिय तुलबहादुर पुन र बडिगार्ड–५ ग्वालीचौरका ६० वर्षिय मुक्ति पाईजाको मृत्यु गाउँपालिका अध्यक्ष मेयरसिंह पाईजाले जानकारी दिनुभयो ।
घाईते हुनेमा मध्ये एकै घरका बलमति पाईजा उहाँकी छोरी दिपसिखा पाईजा, दिनेश पाईजा, सोही स्थानका टेकबहादुर पाईजा र जलजलाका भिमबहादुर श्रीस रहनुभएको छ । घाईते मध्ये टेकबहादुर पाईजा र दिपसिखा पाईजाको अवस्था गम्भिर रहेको अध्यक्ष पाईजाले जानकारी दिनुभयो ।
घाइतेको उपचार गर्न हेलिकप्टरको माग गरिएको छ । हेलिकप्टर काठमाण्डौदेखि छुटि सकेको अध्यक्ष पाईजाले जानकारी दिनुभएको छ । जीप ‘सडकदेखि आठ सय मिटर भन्दा तल खसेको थियो ।