
बागलुङ, १ साउन
बागलुङ नगरपालिकाले आर्थिक वर्ष २०७४÷७५ का लागि ६९ करोड २३ लाख १७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
नगरपालिकाका उपमेयर सुरेन्द्र खडकाले सार्वजनिक गरेको बजेट अन्तर्गत नगर कार्यपालिका र वडा कार्यालय संचालन सेवा तथा अनुदानमा ६ करोड १९ लाख, संस्थागत पूजी निर्माणमा ७५ लाख, नगरका मुख्य सडक स्तरोन्नतीमा १४ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
बजेटमा सडक तर्फ १५ करोड ८९ लाख, खानेपानी आयोजना तर्फ एक करोड ७५ लाख, वडा नम्बर ४ को दावगह्रामा बसपार्क निर्माणको लागि ४० लाख, भौतिक पूर्वधार तर्फ ५ करोड, वडा नम्बर १, २, ३ र ४ मा सहरी सडक तथा नाली निर्माणको लागि तीन करोड रुपैयाँ विनियोजन गरिएको छ ।
यस्तै सहरी पूर्वाधार विकास तर्फ २६ करोड , आर्थिक सामाजिक विकास तर्फ रोजगारी प्रबर्धनका लागि २० लाख, कृषि हाट बजारको लागि १० लाख, गरिवसँग नगरपालिका कार्यक्रमको लागि २५ लाख, विपत व्यवस्थापनको लागि १० लाख, गरिवी न्युनिकरणको लागि ४६ लाख, लक्षित वर्ग मुल प्रवाहिकरण तर्फ ५० लाख, सडक वत्ति तर्फ एक करोड २५ लाख, युवा तथा खेलकुद विकास तर्फ एक करोड ६५ लाख विनियोजन गरिएको उपप्रमुख खडकाले जानकारी दिनुभयो ।
पञ्चकोट, भैरवस्थान, मालिका र रगवैकटेश्वर, निरयघाट क्षेत्र विकास कार्यक्रम तर्फ एक करोड, पर्यटन, पूर्वधार, पार्क, पोखरी, प्राकृतिक सौन्दर्यटता निर्माण संरक्षण तथा होमस्टे संचालन तर्फ ५० लाख, पर्यटन सूचना केन्द्र संचालनको लागि १० लाखसवारी पार्किङ्ग स्थल निर्माणको लागि ३० लाख, पत्रकार महासंघको भवन निर्माण गर्न १० लाख, आर्थिक तथा सामाजिक विकास तर्फ ७ करोड ५१ लाख विनियोजन गरिएको छ ।
नगरपालिकाको पूजीँ निर्माण कार्यक्रम अन्तर्गत डोजर ट्रिपर खरिको लागि ५० लाख विनियोजन गरिएको छ । जनस्वास्थ्य तथा सरसफाई तर्फ ४० लाख, सामाजिक सुरक्षा भत्ता वितरणको लागि १० करोड, विषयतग शाखा कार्यक्रम संचालन गर्न २४ करोड ८९ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
नगरमा संचालित सवै प्रकारका योजना तथा कार्यक्रमको कार्यान्वय गर्दा पूर्वसम्भाव्यता अध्यय, सम्झौता अनुगमन, सार्वजनिक परिक्षण र अनुगमन मूल्याङ्गकन गरी योजना कार्यान्वयन तथा अनुगमन प्रक्रियालाई प्रभावकारी बनाइने नगरप्रमुख जनकराज पौडेलले बताउनुभयो ।










