कतारमा एक नेपालीको मृत्यु

कतार, २५ असार
खोटाङको ऐसेलुखर्क गाँउपालिका २ बाकाचोलका सर्बधन सुनुवारको कतारमा ज्यान गएको छ ।
बिहान ज्वरो आएपछि औषधी खाएर काममा गएका सर्बधन दिउँसो फर्किएर कोठामा सुत्नु भएको थियो । साँझ ५ बजे फेरि काममा जानेसम्म पनि नआएपछि बोलाउन जाँदा मृतक फेला पारेको उहाँका सहकर्मी कृष्ण उप्रेतीले जानकारी दिनुभयो ।
१२ वर्ष पहिले देखि कतारमा कार्यरत सुनुवार कतारको श्रम कानुन परिवर्तन भएपछि ५ महिना पहिले कम्पनी परिवर्तन गरेर नयाँ कम्पनीमा काम गर्न थाल्नु भएको थियो ।
उहाँ सुनुवार सेवा समाज कतार शाखाको प्रथम उपाध्यक्ष समेत हुनुहुन्थ्यो । सर्बधनको शव हमाद अस्पतालमा राखिएको छ । आवश्यक प्रक्रिया पुर्‍याएर शव नेपाल पठाउने तयारी भैरहेको कम्पनीले जनाएको छ ।