
सिड्नी, ६ जुलाई
अस्ट्रेलियाको एनआरएन चुनाव आउन दुई दिन बाँकि छ । सहमतिको प्रयासका भएपनि अध्यक्ष पदमा चार जना उम्मेदवार छन् भने बाँकि पदहरुमा पनि उम्मेदवारहरुवीच कडा प्रतिस्पर्धा हुनेछ ।
एनआरएन भित्र राजनीतिक रंग घुस्न दिनु नहुने कूराको सबैले वकालत गरे पनि अन्तत नेपालको राजनीतिक गठबन्धनको छायाँ देखिने गरी दुईवटा समूह निर्माण भएका छन् ।
सोमबार यहाँको स्थानीय एमएन टेलिभिजनले आयोजना गरेको एक बृहत छलफलमा अध्यक्षका सबै उम्मेदवारहरुले अाफ्नो एजेन्डा प्रस्ट्याउने कोसिस गरेका थिए भने आफूले जितेमा समुदायका पक्षमा अर्कोले भन्दा राम्रो काम गर्न सक्ने दावी गरेका थिए । तर, सबैको साझा मत भने जसले जिते पनि सबैलाई सहयोग गर्ने र समुदाएको सेवामा निरन्तर लाग्ने थियो ।
चुनावी प्रचारमा समाबेशी एनआरएन नामकरण गरिएको एउटा समूह र साझा एनआरएन नामकरण गरिएको अर्को समूहले आˆना दर्जनौ उम्मेदवारहरुलाई संयुक्त रुपमा भोट मागिरहेका देखिन्छन् ।
सामाजिक संजालहरु तथा केही प्रकाशन सामग्रीहरुमा संयुक्त रुपमा प्रचारप्रसार देखिन्छ । नेपालको स्थानीय चुनावको मतगणनाको अन्तिम परिणाम आउँदै गर्दा अस्ट्रेलियाको नेपाली समाज पनि आफ्ना सामाजिक नेताहरु चुन्दै छन् ।
जम्मा ८ हजार बढी मतदाता भएको यो चुनावमा कति मतदाता सहभागी हुन्छन त्यो भने शनिबार साझ मात्रै थाहा हुनेछ । तर, दुई बलिया समूहले आआˆनो बिजयको दावी गरिरहेका छन् ।
अस्ट्रेलियाको स्थानीय राजनीतिमा सहभागी भैसकेका डा. महेश भण्डारीले आफू बाहेक कुनै अर्को उम्मेदवार भएको आˆनो समुह बनाएका छैनन् भने अघिल्लो कार्यकालका उपाध्याक्ष अभिमान सिंह बस्नेत बिहीबारसम्म पनि आˆनो समूह निर्माण मै ब्यस्त थिए
तोनु र स्वतन्त्रप्रतापका २ समूह
अघिल्लो कार्यकालका महासचिव तथा भिक्टोरियाका कानून ब्यबसायी तोनु घोताने र अघिल्लो पटक महासचिवमा पराजित ब्रिसबेन निवासी स्वतन्त्र प्रताप शाह दुई बलिया टिमसहित चुनावी मैदानमा छन् ।
तोनु घोतानेले अाफ्नो टिममा महासचिबका रुपमा नाराएण कोइरालालाई अघि सारेका छन् भने स्वतन्त्र प्रताप शाहले राजु मानन्धरलाई अघि सारेका छन् । महासचिवका अर्का उमेदवार डा. ज्ञानेन्द्र रेग्मी पनि मैदानमा छन् । त्यस्तै तोनु घोतानेको टिमबाट सचिवमा बिकास केसी, कोषाध्यक्षमा कुसल केसी र युबा संयोजकमा कोमलराज पाठक छन् । त्यस्तै स्वतन्त्र प्रताप शाहको टिममा सचिवमा देवबहादुर गुरुङ, कोषाध्यक्षमा अचुत शर्मा थपलिया र युवा संयोजक मा धर्मराज अघिकारी छन् ।
प्रत्येक राज्यका संयोजक स्वत रास्टि्रय समिति उपाध्यक्ष हुने व्यवस्था भएको यो चुनावमा सबै भन्दा बढी सदस्य भएको न्यू साउथ वेल्स राज्यको संयोजक पदमा अघिल्लो कार्यसमितिका उपाध्यक्ष दिनेश पोखरेल फेरी चुनावी मैदानमा आएका छन् । उनी स्वतन्त्र प्रताप शाहको समुहमा देखा परेका छन् भने अघिल्लो कार्य समितिका सचिब नन्द गुरुङ तोनु घोतानेको समुहबाट न्यू साउथ वेल्स राज्यको संयोजकमा चुनावी मैदानमा उत्रिएका छन् ।
अस्ट्रेलियाको नेपाली समाजको सबै भन्दा ठूलो तथा छाता संगठन एनआरएनको चुनावको माहोलले यहाँको समाजलाई पछिल्ला केही हप्ता निकै ब्यस्त बनाएको छ । निवर्तमान बन्दै गरेका अध्यक्ष सुरेन्ऽ सिग्देलका अनुसार दुई वर्षको कार्यकाल छोटो भयो । अघिल्लो छ महिना रास्टि्रय र अन्तरास्टि्रय चुनावको चटारो हुन्छ । अन्तिम छ महिना फेरि त्यही चटारो सुरु हुन्छ । बीच को एक वर्ष काम गर्न छोटो भयो । त्यसैले बिधानमा ब्यबस्था गरेर यो कार्यकाल बढाउनु राम्रो हुन्छ कि ।










