अपडेटः जिप दुर्घटनाका गम्भीर घाईते ३ जनालाई पोखरा रिफर

बागलुङ, २२ असार
काँठेखोला गाउपालिका वडा नम्बर ७ रेशको जिरेदीमा भएको जिप दुर्घटनाका गम्भीर ३ जना घाईतेलाई पोखरा रिफर गरिएको छ ।
गम्भीर घाईतेहरु पार्वती कार्की, मुक्ति थापा र प्रेम थापालाई धौलागिरी अञ्चल अस्पतालमा सामान्य उपचार पछि मनिपाल असपताल पोखरामा रिफर गरिएको धौलागिरी अञ्चल अस्पतालले जनाएको छ ।
पार्वती कार्कीको कुममा, प्रेम थापाको टाउकोमा र मुक्ति थापाको खुट्टामा गम्भीर चोट लागेको छ ।
काँठेखेला गाउँपालिका वडा नम्बर ७ रेश देखि बागलुङ बजार आउँदै गरेको ध १ ज १८८ नम्बरको मार्सल जिप विहान रेशको जिरेदीमा दुर्घटना भएको थियो ।
दुर्घटनामा ७ वर्षिय ७ वर्षिय दिपक कार्कीको घटनास्थलमै र ७० वर्षिय लाल बहादुर कार्कीको उपचारको लागिी धौलागिरी अञ्चल अस्पताल ल्याउँदै गर्दा बाटोमा निधन भएको थियो ।


दुर्घटनाका घाइतेहरु मिना कार्की, सुमन थापा, सारदा थापा र टेक बहादुर जिसीलाई धौलागिरी अञ्चल असपतालमा उपचार पछि घर पठाईएको छ । जिपका चालक रोशन कार्कीको अञ्चल अस्पतालमै उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
चालकले गाडी रोकेर अगाडीको हिलाम्य बाटोमा ढुङ्गा हाल्न जाने क्रममा अचानक दुर्घटना भएको यात्रुले बताएका छन्।
बर्खा याम सुरु भएपछि ग्रामिण ठाउँका बाटाहरु कच्चा रहेकाले ग्रामिण गाउँका जनताहरु जोखिम पुर्ण यात्रा गर्न बाध्य रहेका छन् ।