
बागलुङ, २२ असार
बागलुङको काठेखोला गाउँपालिका–७ रेश जिरेदीमा जीप दुर्घटना हुँदा २ जनाकाृ मृत्यु भएको छ भने ८ जना घाईते भएका छन ।
रेशदेखि बागलुङ आउँदै गरेको ध १ ज १८८ नम्बरको जीप दुर्घटनामा परेको हो ।
मृत्यु हुनेमा ७ वर्षिय दिपक कार्की र ७० वर्षिय लाल बहादुर कार्की रहेका छन् । कार्कीको घटनास्थलमै मृत्यु भएको हो भने ७० वर्षिय लाल बहादुर कार्कीको धौलागिरी अञ्चल अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
घाईतेहरुमा ४ जनाको अवस्था गम्भीर रहेको छ भने ४ जनाको अवस्था सामान्य रहेको धौलागिरी अञ्चल अस्पताल बागलुङले जनाएको छ ।

गम्भीर घाईते हुनेमा रेशकी ३५ वर्षिय पार्वती कार्की, २५ वर्षिय सुमन थापा, ३७ वर्षिय प्रेम बहादुर थापा र ३० वर्षिय जिप चालक रोशन कार्की रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक अनिल कुमार खड्काले जानकारी दिनुभयो । चालक कार्की अचेत अवस्थामा रहेका छन् ।
यस्तै सामान्य घाईतेहरुमा ३५ वर्षका मुक्ति थापा, २५ वर्षका लाल बहादुर थापा, ४० वर्षकी सारदा थापा र १४ वर्षकी संगिता कार्की रहेको जिल्ला प्रहरी कार्यालयले जानएको छ ।
घाईतेहरुको अहिले धौलागिरी अञ्चल अस्पतालमा उपचार भईरहेको छभने गम्भीर घाईतेहरुलाई पोखरा रिफर गरिएको छ ।










