बागलुङको रेशमा जीप दुर्घटना ६ घाईते,थप विवरण आउन बाँकी

बागलुङ,२२ असार ।
बागलुङको काठेखोला गाउँपालिका–७ रेशदेखि बागलुङ बजार आउँदै गरेको जीप दुर्घटना हुँदा ६ जना घाईते भएका छन ।
ध १ ज १८८ नम्बरको जीप जिरेदी भरबाट खस्दा स्थानीय मुक्तिराम थापा, लालबहादुर थापा, सुमन थापा, प्रेम थापा, पार्वती कार्की र जीप चालक रोशन कार्की घाईते भएको बताइएको छ ।
घाईतेहरुलाई उपचारको लागि धौलागिरी अंचल अस्पताल ल्याईदै छ । जीपका सवार एक बालक हराएको वडा अध्यक्ष प्रेम लामिछानेले जानकारी दिनुभएको छ । अहिले स्थानीयवासी, जनप्रतिनिधि, प्रहरीले घाईते तथा हराएका बच्चाको खोजी कार्य जारी रहेको छ ।