राजु परियारको “गुन्द्रुक संग ढिडो ” बजारमा

धन हुने ले जिउ भरि सुन लाउछन
मन हुनेले दुखमा गुन लाउछन
दुख पर्दा गुन लाएको
जा भएनि न बिर्से मायालु
गुन्द्रुक संग ढिडो खाएको ।।
नेपाली लोक संगीतको लागि आम दर्शक श्रोताको रोजाईका गायक हुन राजु परियार ।
लामो समय पछि फेरि करोडौ नेपालीहरूको मन छुने लोक दोहोरी गित “गुन्द्रुक संग ढिडो ” बजारमा आएको छ ।
ईश्वर बाबूको लय तथा उत्कृष्ट शब्द सृजना रहेको गितमा राजु परियार र टिका निहुरेको आवाज रहेको सो गितको एरेन्ज झलक संगीतम ले तयार पारेका हुन ।
गितको म्युजिक भिडियो मा भने उनै सर्जक ईश्वर बाबू र बिना पाण्डे को उत्कृष्ट अभिनयमा तयार भएको गीतको निर्देशन भने रेसम सापकोटाले गरेका हुन ।
राहुल राईको छायांकनमा तयार पारिएको गीतको म्युजिक भिडियोको सम्पादन भने रोसन धितालले गरेका हुन ।
गल्कोट म्युजिक प्रा.लि ले बजार व्यवस्थापन गरेको सो भिडियोमा समाजमा रहेको जातीय छुवाछुत र तल्लो उपल्लो वर्ग बिचको जातिय विभेद लाई देखाउन खोजिएको सो गीतको भिडियो म्युजिक नेपाल मार्फत युटुवमा बजारमा आएको छ ।
भिडियो