१० असार २०७४ राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
पारिवारक सद्भाव बढ्नेछ । धनागमका साथै रमाइला क्षणको सहयात्री बन्न सकिनेछ । लगनशीलताले प्रतिष्ठित काम गर्ने मौका दिलाउनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
बोलीको भरमा महत्वपूर्ण काम सम्पादन हुनेछ । सामाजिक मानसम्मान मिल्नेछ । रमाइलोमा समय बित्नेछ । मन प्रसन्न रहनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
रोकिएका अधुरा कामहरु सुचारु हुनेछन । परिवारसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ । सामान्य आम्दानी भैरहनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कामहरु सजिलै सम्पन्न हुनेछन । सामाजिक मानसम्मानका मिल्नेछ । साझेदारी काममा भने केहि झमेला आउने देखिन्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
काममा विभिन्न अवसर प्राप्त हुनेछ । पारिवारिक भेटघाटका बीच स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । दाम्पत्य जीबनमा समस्या आउनेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
धेरैले तपाइको मेहनतको कदर गर्नेछन । दिगो आम्दानी हुने काम सुरु गर्ने मौका मिल्नेछ । सोचे भन्दा धेरै खर्च हुनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
काममा अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । रमाइलो जमघटका बीच विशेष उपहार र स्वादिष्ट खानपानको आनन्द पाइनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सहयोगीहरूले साथ दिनाले कामहरु सजिलै सफल हुनेछन । पारिवारिक सम्बन्धमा सुधार आउनेछ । पढाई लेखाइमा मन लाग्नेछैन ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
नयाँ काममा हात हाल्ने अवसर जुट्न सक्छ । भोज भतेरमा जाने मौका मिल्नेछ । धेरैले सहयोग गर्ने तत्परता देखाउनेछन ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
सानै प्रयाशले पनि काममा ठुलो सफलता मिल्नेछ । पारिवारिक सद्भाव बढ्नेछ । साथीभाईसंग रमाइलोमा समय बित्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
सोचेको आँटेको काम बन्नेछ भने मेहनत गर्दा मनग्य आर्जन हुनेछ । रमाइलोमा समय बित्नेछ । बिनाकारण विवाद बढ्न सक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
लामो यात्रा गर्ने अवसर जुट्न सक्छ । काममा साथीभाईको सहयोग मिल्नेछ । पढाई लेखाइमा मन लाग्नेछैन । रमाइलोमा समय बित्नेछ ।

हाम्रो पात्रो अनलाइृनबाट साभार ।