नयाँ शक्तिको स्थानीय निर्वाचनमा सहभागि उम्मेदवारलाई सम्मान

बागलुङ, ११ जेठ
नयाँ शक्ति पार्टी नेपाल बागलुङले स्थानीय निर्वाचनमा सहभागीभएका उम्मेदवारहरुलाई सम्मान गरेको छ ।
पार्टीले जैमिनी नगरपालिका र बागलुङ नगरपालिकामा नयाँ शक्तिबाट उम्मेदवारी दिएका उम्मेदवारहरुलाई बिहीबार पार्टी कार्यालय बागलुङमा सम्मान गरेको थियो ।
सम्मान कार्यक्रममा बोल्दै नयाँ शक्ति नेपालका प्रदेश नं. चारका संयोजक बलावति शर्माले संकटको समयमा सिमित स्रोत साधनको बाबजुद पार्टीको एजेण्डा लिएर जनताको विचमा गएकोमा उम्मेदवारहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।
जिल्ला संयोजक चित्र सापकोटाको संचालनमा सम्पन्न भएको कार्यक्रममा नयाँ शक्तिले सम्पूर्ण मतदाताहरुलाई धन्यवाद ज्ञापन गरेको छ ।