अपांग भएका व्यक्तिहरुलाई ह्विलचियर वितरण

बागलुङ, ९ जेठ
प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले अपाङ भएका जो कोही व्यक्तिहरुलाई पनि सद्भावपूर्ण व्यवहार गर्नुपर्ने बताउनुभएको छ ।
अपांग भएकाहरुलाई ह्विलचियर वितरण कार्यक्रममा बाल्दै बागलुङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले शारिरीक अपांगता भएका हरेक व्यक्तिहरु समाजका सदस्य भएकाले सार्वजनिक स्थलहरु अपांग मैत्रीपूर्ण बनाउनु पर्ने बताउनुभयो ।
अपांग पुर्न स्थापना केन्द्र काठमाडौको सहयोग अपांग सरोकार बागलुङको सहआयोजना र अपांग भएका व्यक्तिहरुको संजाल बागलुङको आयोजनामा मंगलबार बागलुङमा १५ जना शारीरिक अपांगलाई हृईलचियर वितरण गरिएको छ ।
ह्विलचियर प्राप्त गर्नेहरुममा बल बहादुर कार्की दमेक, नरहरि चापागाईं दमेक, अनिस परियार, निरबहादुर नेपाली दमेक, कृष्ण खड्का रेश, दिलकुमारी घर्ती ताराखोला, हुमबहादुर थापा तंग्राम, अविलास कुमार किसान दमेक, रिहाना श्रेष्ठ कुस्मा, प्रसन्न सापकोटा बागलुङ, निसान विक लेखानि, पवित्रा केसी रामरेखा, गौमती कडेँल धम्जा, याम कुमारी सुनार गलकोट, प्रवेश पौड्ल भिमपोखरा गरि १५ जनालाई ९ बर्षदेखि ५५ बर्ष उमेरकालाई आरामदायी ह्विलचियर वितरण गरिएको थियो ।
कार्यक्रम अपांग पुर्नउत्थान काठमाडौका गंगाधर कडेलको अध्यक्षता, अपांग संजाल बागलुङको उपाध्यक्ष सन्तोष पौड्लको स्वागत र सचिव रामप्रसाद घिमिरेको संचालनमा सम्पन्न भएको थियो ।