बागलुङ, ७ जेठ
स्थानीय तह निर्वाचनमा बागलुङ नगरपालिका–१० मा शनिबार विजयी नेकपा एमालेले वृहत विजयी ¥याली सभा तथा सभा सम्पन्न गरेको छ ।
विजयी सभामा बोल्दै नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष इन्द्रलाल सापकोटाले स्थानीय विकास र निर्माणको कामले अबको दिनमा गति लिने विश्वास व्यक्त गर्नुभएको थियो । बानपाको अधिकांश वडामा एमाले नेतृत्व विजयी भएको उल्लेख गर्दै विकास र समृद्धिको सपना एमालेकै नेतृत्वमा सफल हुने बताउनुभयो ।
कार्यक्रममा बोल्दै बानपा–१० का नवनिर्वाचित अध्यक्ष प्रेम थापाले स्थानीय स्रोत र साधानको उचित प्रयोग गर्दै वडाको सम्बृद्धिमा निरन्तर लाग्ने प्रतिबद्धता जनाउनुभएको थियो ।
कार्यक्रम निर्वाचत कमिटीका अध्यक्ष विष्णुप्रसाद शर्मा, मुक्ति समाजका जिल्ला सचिव सुनिता विश्वकर्मा लगायतले बोल्नुभएको थियो । कार्यक्रम विजय थापाको अध्यक्षता, खिमबहादुर थापाको स्वागत र उमाकान्त शर्माको संचालनमा सम्पन्न भएको थियो । सभा अघि भकुण्डे गलुवादेखि बाजागाजा सहितको ¥यालीले वडा परिक्रम गरेको थियो ।










