बागलुङ, ५ जेठ
बागलुङको ४ नगरपालिका र ६ गाउँपालिकाको निर्वाचनमा मिश्रित परिणाम आएको छ ।
अन्तिम मतपरिणाम अनुसार जिल्लाको १० स्थानीय तहमध्ये नेपाली कांग्रेस र नेकपा एमाले समान ४/४ स्थानमा तथा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा १/१ स्थानमा विजयी भएका छन् । यस्तै उपप्रमुखमा नेपाली काँग्रेसले ४, एमाले र राष्ट्रिय जनमोर्चाले २/२ तथा माओवादी केन्द्र र राप्रपाले १/१ उपप्रमुख जितेका छन् ।
कांग्रेसबाट जित्नेमा गल्कोट नगरपालिका प्रमुखमा भरत शर्मा गैरे, जैमनी नगरपालिकामा इन्द्रराज पौडेल, तमान खोला गाउँपालिकामा जोकलाल बुढा र निसीखोला गाउँपालिकामा तारानाथ पौडेल रहेका छन् ।

एमालेबाट बाग्लुङ नगरपालिकाको मेयरमा जनक पौडेल, ढोरपाटन नगरपालिकामा देवकुमार नेपाली, काठेखोला गाउँपालिकामा अम्मरबहादुर थापा र बडिगाड गाउँपालिकामा मेयरसिंह पाइजा विजयी भएका छन् ।
ताराखोला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका प्रकाश घर्ती र बरेङ गाउँपालिकामा राष्ट्रिय जनमोर्चाका कृष्णप्रसाद शर्माले विजय हासिल गरेका छन् ।
बागलुङ नगरपालिकामा एमाले, राजमो र राप्रपाबीच चुनावी तालमेल भएको थियो भने कांग्रेसले एक्लै मैदानमा उत्रिएको थियो । माओवादी केन्द्रले भने उम्मेदवारी फिर्ता लिएको थियो ।
८५ वडामा काँग्रेस ३०, एमाले २७ स्थानमा विजयी
बागलुङ जिल्लाका ८५ वटा वडाहरु मध्ये नेपाली काँग्रेसले ३०, नेकपा एमालेले २७, राष्ट्रिय जनेमोर्चाले १३, नेकपा माओवादी केन्द्रले १२, क्रान्तिकारी माओवादी र स्वतन्त्रले १–१ वडाध्यक्षहरु जितेका छन् ।
नेपाली काँग्रेसले बागलुङ नगरपालिकामा ३, गल्कोट नगरपालिकामा ७, जैमिनी नगरपालिकामा ४, ढोरपाटन नगरपालिकामा १, काँठेखोला गाउँपालिकामा ३, निसीखोला गाउँपालिकामा ४, तमानखोला गाउँपालिकामा ३, बरेङ गाउँपालिकामा २, बडिगाड गाउँपालिकामा ३ वटा वडाध्यक्षहरु जितेको छ । यस्तै नेकपा एमालेले बागलुङ नगरपालिकामा १०, ढोरपाटन नगरपालिकामा ३, जैमिनी नगरपालिकामा २, गल्कोट नगरपालिकामा १, काँठेखोला गाउँपालिकामा ५, बडिगाड गाउँपालिकामा ५ र तमानखोला गाउँपालिकामा १ वटा वडाध्यक्ष जितेको छ ।
यस्तै राष्ट्रिय जनमोर्चाले बागलुङ नगरपालिकामा १, गल्कोट नगरपालिकामा १, जैमिनी नगरपालिकामा ५, ढोरपाटन नगरपालिकामा ३, निसीखोला गाउँपालिकामा १, बरेङ गाउँपालिकामा २ र बडिगाड गाउँपालिकामा १ वडाध्यक्षमा विजयी प्राप्त गरेको छ । यस्तै नेकपा माओवादी केन्द्रले गल्कोट नगरपालिका, तमानखोला गाउँपालिकामा २/२, ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र बडिगाड गाउँपालिकामा १/१ र ताराखोला गाउँपालिकामा ५ वडाध्यक्ष जितेको छ । यस्तै क्रान्तिकारी माओवादीले ढोरपाटन नगरपालिकामा र स्वतन्त्रले निसीखोला गाउँपालिका र बरेङ गाउँपालिकामा १/१ वडाध्यक्षमा विजयी प्राप्त गरेका छन् ।
बागलुङमा १ लाख ५६ हजार ८ सय २ जना मतदाता रहेकोमा निर्वाचनमा १ लाख ७ हजार ८ सय ७० मत खसेको थियो ।










