
बागलुङ, ५ जेठ
स्थानिय तहको निर्वाचनमा काठेखोला गाउापालिकामा निर्वाचित जनप्रतिनीधिहरुले शुक्रबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।
गाउँपालिकाका प्रमुख उपप्रमुख, वडा अध्यक्षहरुलाई निर्वाचन अधिकृत धुर्व गिरी र वडा सदस्यहरुलाई नवनिर्वाचत गाउँपालिका प्रमुख अमर थापाले पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको थियो ।
शपथ ग्रहण पश्चात गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष लगायतका जनप्रतिनीधिलाई पद बहाली गरीएको छ । उनीहरुले आजैबाट आफ्नो पदीय जिम्मेवारी र कार्यभार सम्हालेका छन् ।
सथप ग्रहरण पछि बोल्दै गाउँपालिका अध्यक्ष अमर थापाले काठेखोला गाउँपालिकालाई नमुना गाउँपालिकाको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । प्रत्येक वडालाई पहिचान सहितको वडाको रुपमा विकास गरी समृद्धि र विकास नै पहिलो प्रथामिकता रहेको बताउनुभएको थियो ।
निर्वाचनको क्रममा कुनै पनि राजनीतिक दलको तर्फबाट प्रतिनिधित्व गरे पनि विकास , सम्वृद्धि र जनताको सेवाका सवै एक साथ जुटेर गाउँपालिकाको काममा खटिनु पर्नेमा जोडदिनुभएको थियो ।
आठ वडामा विभाजित काठेखोला गाउँपालिकामा वडा नम्बर २ (भीमापोखरा), ३ (धम्जा), ६ (विहु)ँ, ७ (लेखानी) र ८ (रेश)मा नेकपा एमाले गठबन्धन, वडा नम्बर १ –पाला), ४ (तग्राम), ५ (विहुँ ) मा नेपाली काग्रेस विजयी भएको थियो ।










