बागलुङ नगरपालिकाको ९ वडामा एमालेका थापा विजयी

बागलुङ, ३ जेठ
बागलुङ नगरपालिकाको वडा नम्बर ९ तित्याङमा नेकपा एमालेका गणेश थापा विजयी भएका छन् ।
उक्त वडामा एमालेका थापाको प्यानल नै विजयी भएको हो ।
अध्यक्षमा एमालेका गणेश थापाले ७ सय ५४ मत प्राप्त गरी विजयी भएका हुन । उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजु थापाले ५ सय ८४ मत प्राप्त गरेका छन् ।
यस अगाडी बागलुङ नगरपालिकाको वडा नम्बर १, २, ३, ४, ५, ६, ७ र ८ नम्बर वाड पनि नेकपा एमालेले नै जितेको छ ।