गजल

छोराले आजपनि बावुको तस्बिर देखाउदै हिडेको छ
हिजो बेपत्ता पारिएको मा नाम लेखाउदै हिडेको छ

सरकार ले गरिवको ममता कहिल्यै बुझ्न नसक्दा
अझै उस्ले ज्योतिष सँग चिना हेराउदै हिडेको छ

दिनहु पुलिस प्रशासन धाउदा पनि खवर नपाए पछी
त्यो टुहुरो बालक बावुको आश मेटाउदै हिडेको छ

जव जव चुनाव नजिक आउदा गाउँ गाउँमा छिर्दै
जालि नेता जनताको भावना खेलाउदै हिडेको छ

दुर्गममा पढ्ने लेख्ने किताव कलम नपुग्दा आज
व्यापारी शहरका बोर्डिंग तिर पुस्तक बेचाउदै हिडेको छ

रामकृष्ण अनायास