बिद्यालय हिडेकी छात्राको जीपबाट खसेर मृत्यु

पर्वत, २८ चैत
पर्वतका फलेवासमा कच्चि सडकमा गुडिरहेको जीपबाट खसेर विद्यालय हिडेकी छात्राको मृत्यु भएको छ ।
फलेवास नगरपालिका वडा नं. ७ की १६ वर्षिया धारणा पौडेलको आज विहान मृत्यु भएको हो । फलेवास नगरपालिका वडा नं. ८ ठानामौला बाट सदरमुकाम कुश्मातर्फ आउँदै गरेको ना ३ च १०७४ नम्बरको बोलेरो जिपमा बिद्यालय पढ्न आउदै गरेकी छात्राको उपचारका लागि पोखरा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।
गाडी बाट खसरे गम्भिर घाईते भएकी पौडेललाई उपचारको क्रममा पोखरा लैजादै गर्दा बाटोमानै ज्यान गएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएका छ । उनि पर्वतको खानीगाउँस्थित भवानी बिद्यापिठ माबि.मा कक्षा ११ मा अध्ययनरत थिईन ।
बिहान घर बाट बिद्यालय पढ्न आउदै गर्दा बयरडाँडा भन्ने ठाउँमा अचानक गाडी बाट खस्दा उक्त दुर्घटना भएको हो । उक्त जीप र जीपका चालक प्रहरीको नियन्त्रणमा रहेको छ । उनको मृत्युका खबरले घरपरिवार र विद्यालय शोकमग्न बनेको छ ।