
बिक्रम सुनार
बागलुङ, १८ चैत
नेपाल सरकारका महान्यायाधिवक्ता रमन कुमार श्रेष्ठले सरकारी वकिल र प्रहरी बिच समन्य आवश्यक रहेको बताउनुभएको छ । जिल्ला सरकारी वकिल कार्यालय बागलुङको नवनिर्मित भवनको उदघाटन गर्दै श्रेष्ठले प्रहरी र सरकारी वकिल बिच राम्रो समन्वय नहुदा धेरै सरकार बादी मुद्दा हार्ने गरेको बताउनुभयो । प्रहरी र सरकारी वकिल बिच बिबाद हुने गरेकोले दुबै पक्षले समन्य र सहकार्य गर्नुपर्ने , सरकारी वकिलले काम गर्ने तरिका नजान्दा समस्या देखिने गरेको बताउनुभयो ।
एक अर्का बिच आरोप प्रत्यारोप लाग्ने कारणले मुद्धाहरु सफल हुन नसकेकोमा जोडदिदैँ सरकारी वकिललाई व्यवसायी,जनमुखि बनाउन आफु सक्रिय भएको प्रतिवद्धता समेत जाहेर गर्नुभयो । नागरिक,राजनैतिक दल र सरकारी वकिलको सम्बन्ध समेत समधुर हुनुपर्ने बताउनुभयो । सरकारी कार्यालय एवं राजनैतिक दलहरुले मुद्धाका बिषयमा सरकारी वकिलसग छलफल गर्नु आवश्यक रहेको बताउनुभयो ।
३ करोड ३९ लाख ६२ हजार ७ सय ९४ रूपैया ३३ पैसाको लगानीमा भवन निमार्ण गरिएको सरकारी वकिल कार्यालय बागलुङले जनाएको छ ।
कार्यक्रममा उच्च अदालत पोखरा बागलुङ इजालसका माननीय न्यायधीश रत्न बहादुर बागचन्द्र,बरिष्ठ अधिवक्त पदमनाथ शर्मा, प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेय,माननीय न्याधीश हिमलाल बेलवासे, नगरिक समाज बागलुङका समाज काजी गाउले श्रेष्ठ, उच्च अदालत बार एसोसियशन बागलुङका अध्यक्ष केशव पराजुली, लगायतले बोल्नुभएको थियो ।
भवनको प्रतिवेदेन शहरी विकास तथा भवन डिभिजन कार्यालय बागलुङका डिभिजन इन्जिनियर प्रकाश अर्यालले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम सरकारी वकिल कार्यालय बागलुङका अध्यक्ष नायव महान्यायधि वक्ता खगराज गौतमको अध्यक्षता, जिल्ला न्यायधिवक्ता धर्मराज पौडेलको स्वागत र सहायक जिल्ला न्यायधिवक्ता केदारनाथ उपाध्यायको संचालनमा सम्पन्न भएको थियो ।









