बागलुङमा साहित्य गोष्ठी सम्पन्न

बागलुङ, १८ चैत
बिद्यामन्दिर पुस्तकालय बागलुङ अन्तरगतको साहित्य उपसमितिको आयोजनामा आज बागलुङमा साहित्य गोष्ठी सम्पन्न भएको छ ।

साहित्यको बिकासका लागि पुस्तकालयले संचालन गरिरहेको मासिक साहित्यक कार्यक्रम अन्तरगत साहित्य गोष्ठी सम्पन्न भएको हो ।

साहित्य गोष्ठीमा बोल्दै नेपाल सरकारका महान्यायधिवक्ता रमन कुमार श्रेष्ठले धौलागिरिमा साहित्यको प्रवद्र्धन र बिकासका लागि पुस्तकालयको महत्यपूर्ण भुमिका रहेकाले कार्यक्रमलाई निरन्तर रुपमा संचालन गर्न आग्रह गर्नुभयो ।

श्रेष्ठले पुस्तकालयले संचालन गरेका गतिविधीलाई आफुले पनि नियालीरहको हुदाँ यसको समग्र बिकासका लागि योजना निर्माण गरेर आएमा आफ्नो क्षत्रवाट सक्दो पहल र सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा बिक्रम सुनार, गोविन्द सुवेदी, मञ्जु केसी, खगेन्द्र बिश्वकर्मा लगाएतले रचना बाचन गर्नु भएको थियो ।

कार्यक्रम पुस्तकालयका अध्यक्ष राजेशचन्द्र राजभण्डारीको अध्यक्षता साहित्य उप–समितिका सदस्य कोपिला कँडेलको स्वागत र उपसमितिका संयोजक ताराप्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो ।