
राजेशचन्द्र राजभण्डारी
तिमी लाई थाहा छ
यहाँ हरेक कुरा
भगवान सँग प्राथना
गर्दा मिल्छ सानू
कति सजिला छन् हगि
हाम्रो देशका भगवान
कुन मन्दिरमा गएर
के माग्ने कति माग्ने
त्यो माग्नेमा भरपर्छ
बिदेशी दाता जस्तो
सर्त माथि सर्त राखेर
सहयोग गर्ने हैनन्
हाम्रो देशको भगवान हैन
सानू
सरूवा देखि जागिर सम्म
मन्त्री देखि प्रधानमन्त्री सम्म
सबै प्रभुकै मन्दिरमा गएर
मागे सजिलोसँग पाइने
सानू
साच्चै कति निस्वार्थी हगि
हाम्रो प्रभु सुन्दा बिश्वास नै
नलाग्ने जे माग्यो त्यहीँ पाइने
सानू
तिमी लाई केही माग्नु छ
स्थानीय निकायको
टिकट माग्ने भए पनि
यहीँ समयमा मागिहाल
तिम्रो केही माग छ भने
मागि हाल भगवान सँग
भनी हाल प्रभु सँग
यहीँ मौका हो
सानू
सबै कुरा प्राथना गर्दा
सजिलोसँग मिल्ने भए पछि
किन टेन्सन गर्नु पर्या हैन त
सानू









